साउदी अरवले १० वर्षमा १ लाख युनिट लुसिड ब्रान्डको इलेक्ट्रिक कार खरिद गर्ने

साउदी अरवले १० वर्षभित्र १ लाख युनिटसम्म इलेक्ट्रिक कार खरिद गर्न लुसिड ग्रुपसंग एक सम्झौता गरेको छ । उक्त सम्झौतामा ५० हजार युनिट खरिद गर्ने समझदारी भएपनि बाँकी ५० हजार युनिट समेत खरिद गर्न सकिने उल्लेख गरिएको छ । यतिधेरै संख्यामा कार खरिद गर्ने सम्झौता भएसंगै लुसिड ग्रुपको सेयर मूल्यमा ५.४ प्रतिशतले बृद्धि भएको छ ।

अमेरिकन इभी निर्माता यो ग्रुपको एरीजोनामा उत्पादन युनिट रहेको छ । अवको १ वर्षभित्र साउदी अरवमै उत्पादन प्लान्ट लगाएर इभी निर्माण गर्ने उसले योजना बनाएको छ । सो प्लान्टवाट वार्षिक १ लाख ५० हजार युनिटसम्म इलेक्ट्रिक कार उत्पादन गर्न सकिने जनाइए पनि यो ग्रुपले अमेरिकामा उत्पादन हुने कार समेत साउदी सरकारलाई उपलब्ध गराउनेछ । लुसिडले टेस्ला ब्रान्डको इभीसंग प्रतिस्पर्धा गर्दै आइरहेको छ ।

यो ग्रुपले २०२३ देखी गाडी डेलीभरी दिन शुरु गर्ने बताएको छ । जसअनुसार पहिलो वर्ष २ हजार युनिटसम्म कार उपलब्ध गराइनेछ भने २०२५ सम्म आइपुग्दा ५ हजार युनिट डेलिभरी गरिनेछ । वाँकी रेहेको युनिटलाई क्रमिक रुपमा बढाउँदै लगिने र १० वर्षभित्र १ लाख युनिट डेलीभरी गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...