जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
समय बित्दै जाँदा सवारी साधनको चमक पनि घट्दै गएको हुन्छ । पुराना सवारी साधनलाई नयाँ बनाउनको लागि नयाँ नयाँ रङ कारमा लगाउने गर्छन् । टोयोटा मोटरले हालै रङ हटाउनको लागि नयाँ प्रविधिको आधिकारिक घोषणा गरेको छ । यो प्रविधिले कारहरूलाई “ड्रेस अप“ गर्न सम्भव बनाउनेछ ।
टोयोटाको नयाँ ड्रेस अप टेक्नोलोजी अन्तर्गत ग्राहकहरूले १०० भन्दा बढी रङहरूबाट रङ छनोट गर्ने मौका पाउनेछन् । सो प्रविधिले गाडीमा लगाइएका नयाँ कोटहरू पनि हटाउन सकिन्छ, जसले गर्दा गाडी फेरि आफ्नो मौलिक रङमा चम्किन थाल्नेछ ।
हालको लागि सो सेवा जापानमा मात्र उपलब्ध हुनेछ र टोयोटाको सदस्यता सेवा प्रयोग गर्ने व्यक्तिहरूलाई मात्र यो प्रविधि उपलब्ध हुनेछ ।
टोयोटाका अनुसार नयाँ प्रविधिसँगै प्रयोगकर्ताले आफ्नो कारको रङ इच्छा अनुसार परिवर्तन गर्न सक्नेछन् । साथै कम्पनीले आफ्ना ग्राहकहरुलाई ड्रेस अप प्रविधि मार्फत १०० भन्दा बढी कलर विकल्प उपलब्ध गराउँदै आएको छ । कम्पनीले अहिलेसम्म यो सेवाको मूल्यबारे कुनै जानकारी दिएको छैन ।
सामान्यतया गाडीको रङ हटाउन विशेष स्ट्रिपिङ रसायनहरू प्रयोग गरिन्छ । यो प्रविधि जापानको नायोगास्थित टोयोटाको स्वमित्व भएको कम्पनी किन्टोल उपलब्ध गराउने छ । किन्टोका अनुसार सो नयाँ प्रविधिले उच्च दबाव स्प्रे प्रयोग गर्दछ । सो प्रविधिले गाडीलाई वर्षा र हावाबाट राम्रो सुरक्षा दिने कम्पनीले दावी गरेको छ ।
काठमाडौं – हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...
अष्ट्रेलियन एनक्याप(एएनक्याप) द्वारा सञ्चालन गरिएको क्र्यास टेष्टमा...
टोयोटाले भारतिय बजारका लागि आफ्नो पहिलो विद्युतीय एसयुभी अर्बन क्रूजर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...