सोलार रुफ भएको नयाँ इलेक्ट्रिक कार नेपाली बजारमा, रेन्ज ३०० किलोमिटर
नेपाली बजारमा पछिल्लो समय नयाँ इलेक्ट्रिक कार भित्रिएको छ । चीनमा उत्पादन...
इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीहरूले सिंगल चार्जमा अधिकतम रेन्ज दिने कार निर्माणमा प्रयास गरिरहेका छन् । इलेक्ट्रिक सवारी साधन निर्माताहरु नयाँ–नयाँ प्रयोग र परीक्षण गरिरहेका छन् ।
इलेक्ट्रिक कार निर्माता जनरल मोटर्सले पनि यस्तै काम गरिरहेको छ । हालै जनरल मोटर्सको इलेक्ट्रिक भ्यानले सिंगल चार्जमा ४१८ किलोमिटरको रेन्ज पार गरेर नयाँ किर्तिमान हासिल गरेको छ । जनरल मोटर्सको यो सफलता गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि परेको छ ।
जनरल मोटर्सको इलेक्ट्रिक भ्यान जीएम ब्राइटड्रप जेभो ६०० ले यो अप्रत्याशित दुरी पूरा गरेको छ । सो भ्यानको दुरी स्टीफन मार्लिन ड्राइभरले पुरा गरेका हुन् । स्टीफन मार्लिनले सो इलेक्ट्रिक भ्यान न्युयोर्कबाट वाशिंगटन डीसीसम्म चलाएका थिए । सोही समयमा मार्लिनले यो कीर्तिमान बनाएका थिए । सो डेलिभरी भ्यानले फेडएक्सको सामान बोकेको थियो ।
जनरल मोटर्सले इलेक्ट्रिक भ्यान ब्राइटड्रप जेभोको निर्माण गरेको छ । यो उत्कृष्ट फिचर भएको पूर्ण इलेक्ट्रिक जिरो टेलपाइप इमिसन डेलिभरी भ्यान हो । यो जीएमको बजारमा सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक साधन हो ।
रिपोर्टका अनुसार स्टीफन मार्लिन ४१८ किलोमिटरको दुरी तय गर्ने पहिलो व्यक्ति हुन् । साथै यो सिंगल चार्जमा यति दुरी पार गर्ने पहिलो इलेक्ट्रिक भ्यान पनि हो । यद्यपि सो भ्यानको आधिकारिक दुरी ४०२.३ किलोमिटर हो ।
नेपाली बजारमा पछिल्लो समय नयाँ इलेक्ट्रिक कार भित्रिएको छ । चीनमा उत्पादन...
काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...
ग्रेट वाल मोटर्स (जीडब्लूएम) ले ट्याङ्क ३०० विशेष संस्करण लन्च गरेको छ । ३००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...