फोर्ड पछि ड्याटसनको उत्पादन पनि बन्द

जापानी अटो निर्माता कम्पनी निसानले भारतमा ड्याट्सन ब्राण्ड बन्द गर्ने भएको छ । निसानले सन् २०२० मा रुस, इन्डोनेसिया र दक्षिण अफ्रिकामा आफ्ना ब्राण्ड बन्द गरिसकेको छ । निसान इन्डियाले एक विज्ञप्तिमा ड्याट्सन रेडी–गोको उत्पादन आफ्नो चेन्नई प्लान्टमा बन्द गरेको पृष्टि गरेको छ ।

कम्पनीले ड्याट्सन ब्राण्डका अन्य २ मोडलको उत्पादन यसअघि नै बन्द गरिसकेको छ । ड्याट्सन ब्रान्ड बन्द गर्नु निसानको विश्वव्यापी रूपान्तरण रणनीतिको एक हिस्सा हो, जुन २०२० मा घोषणा गरिएको थियो । कम्पनीले नयाँ रणनीति निर्माण गरिरहेको र त्यसैको एक आधारका रुपमा ड्याटसनको उत्पादन बन्द गरिएको कम्पनीको भनाइ छ ।

जुलाई २०१३ मा जापानी अटो निर्माता कम्पनी ड्याटसनले भारतमा इन्ट्री–लेभल ह्याचब्याक ‘ड्याट्सन गो’ लन्च गरेको थियो । साथै, ड्याट्सन गो विश्वव्यापी रूपमा पुनः लन्च गरिएको थियो ।

सन् २०१५ मा निसानले थप २ मोडेलहरू रेडी गो र कम्प्याक्ट एमपीभी गो प्लस लन्च गरेको थियो । तर यसको बिक्री अपेक्षाकृत रुपमा हुन नसके पछि कम्पनीले चल्तीका मोडल मात्र उपलब्ध गराउने लक्ष्यका साथ नयाँ योजना बनाएको अनुमान गरिएको छ ।

निसान र ड्याटसन एउटै व्यवस्थापन अन्तर्गत सञ्चालित कम्पनी हुन् । भारतमा ड्याटसनको उत्पादन बन्द भए पनि स्टक रहे सम्म सबै गाडी बिक्री गरिने र बिक्री पछिको सेवा समेत उपलब्ध गराइने बताइएको छ ।

नेपालमा पनि ड्याटसनका गाडी पहिले देखि नै उपलब्ध छन् । भारतमा यसको उत्पादन बन्द भए पश्चात नेपालमा हाल उपलब्ध ड्याटसनका गाडीमा समेत बिक्री पछिको सेवा उपलब्ध भइरहने बताइएको छ ।

भारतमा यो भन्दा पहिले फोर्डले पनि उत्पादन बन्द गर्ने घोषणा गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने

काठमाडौं – नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

१८० एमएम माथी ग्राउन्ड क्लिरियन्स भएका तीन सस्ता कार

१८० एमएम माथी ग्राउन्ड क्लिरियन्स भएका तीन सस्ता कार

सामन्यत गाडी किन्ने ग्राहकले उक्त गाडीको लुक्स तथा डिजाइन, पावर तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...