पुरानो मोडलको तुलनामा यस्ता धेरै फरक फिचर छन् केटीएम आरसी २०० मा

नेपाली बजारमा हालै उपलब्ध केटीएम आरसी २०० फिचरमा पुरानो मोडलको तुलनामा १४ भन्दा बढी फिचर फरक भएको कम्पनीको भनाइ छ । नेपाली बजारमा समेत हालै उपलब्ध यो मोटरसाइकल हेर्दै आकर्षक छ । यसमा भएका विभिन्न फिचरलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।

डबल ट्रेलिस फ्रेम
हामीले सामान्य भाषामा भन्ने च्यासिस अर्थात ट्रेलिस फ्रेम अब डबल बनेर आएको छ । पहिले सिंगल ट्रेलिस फ्रेम भएकोमा अब डबल ट्रेलिस फ्रेम सहित आएको छ । कदाचित दुर्घटना भएर वा अन्य कारणले फ्रेम फेर्नु परेमा पहिले पुरै फेर्नुपथ्र्यो भने अब पार्ट पार्ट गरेर आधा मात्र पनि फेर्न सकिने छ । यसले गर्दा मर्मत

फाइभ स्टार
पहिलेको १० स्पोक अलोय ह्लि भएकोमा अब फाइभ स्टार रिम छ ।

डिस्क ब्रेक
यसमा अघिल्लो भागमा २२० एमएम डिस्क र पछाडि २८० एमएम डिस्क ब्रेक छ । यसमा भएको प्लेट पहिले कम्प्याक्ट खालको थियो भने अहिले अझै सहज खालको छ ।

कम वजन
पहिले र अहिलेको ह्विलको तौलमा गरिएको कमीका कारण करिव ५ किलोग्राम वजन कम भएको छ । यसको वजन करिव १६० किलोग्राम छ । केटीएमले ट्रयाकलाई फोकस गरेर बाइकलाई बजारमा उतार्ने गर्छ । टीएसएस अर्थात ट्रयाक, स्पोर्ट र स्पिड जुनमा पनि यसलाई प्रयोग गर्न सकिन्छ । त्यसैगरी यसलाई ट्रयांगुलर फर्मेसनमा निर्माण गरिएको छ । केटीएमले २०२० देखि नै यही फर्मेसनमा बाइक निर्माण गरिरहेको छ ।

वातावरणमैत्री
सरकारी निकायको निर्देशन पालना गर्न र वातावरणमैत्री बनाउनका लागि यसमा क्याटालिटिक कन्भर्टर प्रयोग गरिएको छ । यसले इन्जिनबाट निस्कने प्रदूषणमा कमी ल्याउछ । यसले गर्दा पहिले भन्दा यसको पावर र टर्क पनि केही कम हुन्छ । यद्यपि यसले वातावरणप्रति सचेत भएको सन्देश दिएको छ ।

राइडिङ मोड
फरक फरक बाटोमा फरक तरिकाले चलाउनका लागि यसमा विभिन्न प्रकारका राइडिङ मोड दिइएको छ । सुपरमोटो र रोड गरी दुई प्रकारका राइडिङ मोड यसमा उपलब्ध छ ।

डाइमेन्सन
यसको पुरै डाइमेन्सन नै परिवर्तन गरिएको छ । यसको ट्यांकी पनि परिवर्तन छ । पहिले १० लिटरको इन्धन ट्यांकी भएकोमा अहिले १३.७५ लिटरको ट्यांकी रहेको छ । त्यसैगरी यसमा भएको फुल रेडियल टायरमा भएको धेरै एजिलिटीका कारण कर्नरिङमा सहजता थपिन्छ ।

ह्यान्डलिङमा परिवर्तन
राइडरको आवश्यकता अनुसार यसको ह्यान्डलिङ परिवर्तन गर्न सकिन्छ । टुरिङको अवस्थामा र अन्य सामान्य अवस्थामा आवश्यकता अनुसार ह्यान्डललाई तल वा माथि गर्न सकिन्छ ।

मिरर
नयाँ मोडलमा लाइटिङ र मिरर फरक तरिकाले राखिएको छ ।

एलईडी हेडलाइट
नेपाली बजारमा उपलब्ध बाइकका लागि मात्र एलईडी हेडलाइट विशेष रुपमा उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

सहज मर्मत
इजी टु मेन्टेन र ड्युरेबिलिटी यसको प्रमुख विशेषता हो । पहिले यसका लागि यो मोटरसाइकलले ७० मात्र अंक पाउन सक्थ्यो भने अहिले ९० भन्दा माथि नै अंक पाउन सक्ने बताइएको छ ।

मूल्य
पुरानो मोडलको मूल्य ६ लाख ५९ हजार ९ सय रुपैयाँ रहेकोमा नयाँ मोडलको मूल्य ६ लाख ७४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

ईसीयू सफ्टवेयर अपडेट गर्न केटीएमले फिर्ता बोलायो ३९० ड्युक, एडभेन्चर र इन्ड्युराे बाइक

ईसीयू सफ्टवेयर अपडेट गर्न केटीएमले फिर्ता बोलायो ३९० ड्युक, एडभेन्चर र इन्ड्युराे बाइक

इन्जिन स्टलको समस्यालाई लिएर केटीएमले भारत सहित विश्वव्यापी रूपमा ३९०...

 २०२६ केटीएम २०० ड्युक लन्च, ठुलो फ्रन्ट ब्रेक र नयाँ ह्विलसहित अपडेट

 २०२६ केटीएम २०० ड्युक लन्च, ठुलो फ्रन्ट ब्रेक र नयाँ ह्विलसहित अपडेट

केटीएम इन्डियाले भारतीय बजारमा २०२६ संस्करणको केटीएम २०० ड्युक आधिकारिक...

लन्चिङ समयमै एकै पटक ५० युनिट बिक्री गरेको जेन ३ केटीएम ड्युक २५० सोल्ड आउट

लन्चिङ समयमै एकै पटक ५० युनिट बिक्री गरेको जेन ३ केटीएम ड्युक २५० सोल्ड आउट

काठमाडौं – केही दिन पहिले मात्र बिक्री प्रारम्भ गरेको नयाँ थर्ड जेनेरेसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...