नियूले लन्च गर्यो २ नयाँ इलेक्ट्रिक स्कुटर, मूल्य २ लाख ५५ हजार र ४लाख ३५ हजार

नियूको २ नयाँ इलेक्ट्रिक स्कुटर अनलाईन प्लेटफर्म दराजमार्फत लन्च गरिएको छ । शुरुवाती मूल्य २ लाख ५५ हजार र ४ लाख ३५ हजार रुपैयाँ मूल्य निर्धारण गरी लन्च गरिएको यूक्युआइजिटी र एमक्युआइजिटी मोडलका यी इलेक्ट्रिक स्कुटरलाई नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिले आज लन्च गरेको हो ।

यी दुई स्कुटरमध्ये ३ हजार वाट क्षमताको मोटर जडित एमक्युआईजिटीमा ४८ भोल्ट ३१ एम्पियर आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि ९० देखी १३० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । व्याट्री चार्ज गर्न ४ घन्टा समय लाग्नेछ । यसलाई ४५ देखी ७० कलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने बताइएको छ ।

त्यसैगरी अर्को स्कुटर यूक्युआइजिटीमा १२ सय वाट क्षमताको मोटर र ४८ भोल्ट ३१ एम्पियर आवर क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि ७० देखी ८० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । व्याट्री चार्ज गर्न ७ घन्टा समय लाग्नेछ । यसलाई ४५ कलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

पुरानो स्कुटरलाई पेट्रोल वा विद्युतीय दुवै तरिकाले चल्ने बनाउन मन छ ? यस्तो हुँदैछ कार्य

पुरानो स्कुटरलाई पेट्रोल वा विद्युतीय दुवै तरिकाले चल्ने बनाउन मन छ ? यस्तो हुँदैछ कार्य

सुन्दर यातायातले पेट्रोलबाट चल्ने स्कुटर वा मोटरसाइकललाई मोडिफाई र...

लाइभस्ट्रिममार्फत सार्वजनिक गरियो नेपालको पहिलो अफरोडर एसयूभी जेको जे६

लाइभस्ट्रिममार्फत सार्वजनिक गरियो नेपालको पहिलो अफरोडर एसयूभी जेको जे६

काठमाडौं – नेपालमा ओमोडा तथा जेको ब्रान्डको आधिकारिक वितरक एसपीजी...

फर्च्युन ग्लोबलको सूचीमा पहिलो पटक टप १०० सूचीमा बीवाईडी, उक्लियो ९१ नम्बरमा

फर्च्युन ग्लोबलको सूचीमा पहिलो पटक टप १०० सूचीमा बीवाईडी, उक्लियो ९१ नम्बरमा

विश्व प्रसिद्ध चिनियाँ ईभी निर्माता कम्पनी बीवाईडी २०२५ फर्च्युन ग्लोबल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...