स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
कारको लागि लाखौं रुपैयाँको फेन्सी नम्बर (भीआईपी नम्बर) लिने चलन विश्वमा धेरै छ । यो चलन भारतमा पनि छ ।
हाले भारतको चण्डीगढका एक व्यक्तिले आफ्नो होन्डा एक्टिभा स्कुटरको लागि १५ लाख भारुमा फेन्सी नम्बर खरिद गरेका छन् । सो फेन्सी नम्बरको मूल्य स्कुटरको मूल्य भन्दा कैयौं गुणा बढी हो । यो होन्डा एक्टिभा ६जी स्कुटर हो जसको बजारमा मूल्य ७१ हजार भारु छ ।
चण्डीगढका विज्ञापन व्यवसायी ४२ वर्षीय ब्रिजमोहनले चण्डीगढ दर्ता र इजाजतपत्र प्राधिकरणले आयोजना गरेको ई–लिलामीमा १५.४४ लाख भारुको उच्चतम बोली लगाएर फेन्सी नम्बर ‘सीएच–०१–सीजे–०००१’ किनेका थिए । ब्रिजमोहनले सो फेन्सी नम्बर पहिलो पटक किनेका थिए । ब्रिजमोहनले आफ्नो कारको लागि पनि यस्तै फेन्सी नम्बर खरिद गर्ने योजना बनाएका छन् ।
नयाँ सिरिज सीएच–०१–सीजे फेन्सी नम्बरको लागि लिलामी अप्रिल १४ देखि अप्रिल १६, २०२२ सम्म आयोजना गरिएको थियो । चण्डीगढ दर्ता र इजाजतपत्र प्राधिकरणले लगभग ३७८ दर्ता नम्बरहरू लिलामी गरेको थियो, जहाँ कुल १ करोड ५ लाख भारु सङ्कलन गरिएको थियो ।
यसमा सबैभन्दा महँगो नम्बर ब्रिजमोहनले किनेका थिए भने अन्य महँगो फेन्सी नम्बरहरूमा सीएच–०१–सीजे–००७ र सीएच–०१–सीजे–००३ क्रमशः ४ लाख ४ हजार र ४ लाख २ हजार भारुमा बिक्री भएको थियो ।
चण्डीगढमा ०००१ नम्बरको लागि अहिलेसम्म सबैभन्दा उच्च बोली २०१२ मा बिक्री गरिएको थियो । त्यसबेला एक व्यक्तिले सीएच–०१–एपी सिरिज नम्बरको लागि २६ लाख ५ हजार भारु तिरेका थिए । यो नम्बर उनको नयाँ मर्सिडिज बेन्ज एस–क्लासको लागि थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...