यस्ता ७ नियम परिवर्तनका साथ चल्दै छ २०२२ को फर्मुला वान : कस्तो होला प्रभाव ?

फर्मुला वान २०२२ को संस्करण सम्म आउदा सम्म निकै ठुलो क्रान्ति नै भयो । बहराइन र साउदी अरेबिया गरि हालसम्म भएका दुइ रेस जस्तै अस्ट्रेलियामा अप्रिल १० मा सम्पन्न रेस पनि रोमान्चक बनेको छ । आगामी दिनमा अन्य देशमा हुने रेसका लागि सबै फर्मुला वान प्रेमी प्रतीक्षामा छन् ।

२०२२ का नियमहरुले यो सिजनको रेसलाइ अरुभन्दा पृथक बनाएको छ । यो वर्ष देखि रेसको नियममा पनि परिमार्जन भएको छ । २०२२ मा प्रयोगमा आएको नियमहरु यस प्रकारका छन् ।

१. विशेष गरी राम्रो रेसिङ प्रवर्द्धन गर्न डिजाइन गरिएको छ
कारहरु बीचको नजिकको रेसलाई अनुमति दिने र ओभरटेक गर्न अझै सहज बनाइदिने मार्गदर्शक सिद्धान्त अनुरुप नै २०२२ का नियमहरू बनेका छन् । त्यसो भए नजिकको रेसलाई के ले रोकिरहेको थियो ? अगाडिको गाडीको “फोहोर हावा” जसले डाउनफोर्सको प्रभावलाई कम गर्छ । फर्मुला वानमा डाउनफोर्सले रेसिङ कारलाइ भुँई राखी ग्रिप बनाईराख्ने हुदा महत्वपूर्ण भूमिका खेल्छ । तसर्थ जति बढी डाउनफोर्स त्यति नै बढी फाइदा । २०२२ को कारमा फर्मुला वानको मोटर स्पोर्ट्स टिम र एफआईएको सहकार्यमा १९८३ मा प्रतिबन्धित “ग्राउन्ड इफेक्ट” लाई पुनप्रयोग गरि डाउनफोर्सको घाटालाई कम गरेको छ । अगाडि रहेको गाडीको नोज देखि पछाडि रहेको गाडीको नोजको दुरी करिब २० मिटरको दुरीमा ४ प्रतिशत कम र १० मिटरको दुरीमा जम्मा १८ प्रतिशत कम भएको छ ।

२. कारमा पहिलो पटक ओभर–ह्विल विङ्गलेटहरू हुनेछन् भने ह्विल कभरहरू पुनः प्रयोग भएका छन्
२०२२ कारका दुई उल्लेखनीय विशेषताहरू यसको ओभर–ह्विल विङ्गलेटहरू र २००९ पछि पहिलो पटक प्रयोग हुने ह्विल कभरहरू हुन । यो डाउनफोर्स बढाउनको लागि एकदमै शक्तिशाली तरिका हो । 

३. कारमा पहिलो पटक १८ इन्चको लो प्रोफाइल टायर हुनेछ
१८–इन्च टायरहरूका लागि नयाँ पिरेली कम्पाउन्डहरू र निर्माणयुक्त टायरहरू स्लाइड ओभरहिट कम गर्ने लक्ष्यका साथ डिजाइन गरिएको छ । यो एक प्राथमिक पक्ष हो, जसले नजिकको दौडमा मद्दत गर्नुपर्छ ।

४. कारहरू अधिक दिगो इन्धनमा चल्नेछन्
२०२२ भन्दा अगाडिका गाडीहरुमा इन्धनमा ५.७५ प्रतिशत बायो–कम्पोनेन्टहरू मिश्रण भइ चल्ने देखिन्थ्यो । एफ वानले निकट भविष्यमा पूर्ण रूपमा दिगो इन्धनको प्रयोग गर्न कडा मेहनत गरिरहेको छ, जसअनुसार २०२२ को संस्करणमा ‘ई१० फ्युल’ को प्रयोगले बायो–कम्पोनेन्ट अनुपात १० प्रतिशतले बढेको छ । ई१० फ्युलमा भएको शब्द अनुसार ‘ई’ ले इथानोल र ‘१०’ ले मिश्रणमा यसको प्रतिशतलाई जनाउँछ ।

५. यसले २०२१ को रूपमा समान पावर युनिट प्रयोग गर्नेछ
२०२१ को सिजनमा प्रयोग भएको फर्मुला वानको अहिले सम्मकै सबैभन्दा उन्नत र सबैभन्दा कुशल इन्जिन १.६–लिटर टर्बो–हाइब्रिड इकाईहरूलाइ २०२२ मा केही अतिरिक्त सेन्सरहरू थप गरेर प्रयोग गरिएको छ ।

६. सुरक्षालाइ मुख्य मध्यनजर गरि कारको डिजाइन गरिएको छ
कारको च्यासिसले अगाडि, पछाडिको इम्प्याक्ट टेस्ट र विभिन्न परिक्षण गरेर गाडीको बलको प्रमाणित गरिएको छ । हालैका ठूला दुर्घटनाहरूबाट पनि पाठ सिकेर पावर युनिट लाई चेसिसबाट अलग गरिएको छ । दुर्घटनाको समयमा इन्धनको ट्याङ्कीलाई हानी नहोस् भन्ने हेतुले सो डिजाइन लागु गरिएको हो ।

यो सुरक्षाका सुधारहरू, टायरहरूको बढेको तौलले गाडी भारी र थप बलियो बनेको छ र न्यूनतम कारको तौल हाल ७५२ केजीबाट बढेर ७९० केजी पुगेको छ ।

७. यो बिन्दुमा पुग्न २०२२ कार ७५०० भन्दा बढी सिमुलेशनहरू मार्फत राखिएको छ
२०२२ कार सिर्जना गर्न एफ वानको मोटर स्पोर्ट्स टोलीले लगभग ७,५०० सिमुलेशनहरू चलाएको छ ।

सुयोग खनाल
(School Coordinator, F1 in Schools Nepal)

सम्बन्धित समाचारहरू

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाल : यस्ता छन् खेलाडी

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिपमा नेपाल : यस्ता छन् खेलाडी

एसिया प्यासिफिक मोटरस्पोर्ट्स च्याम्पियनसिप ओलम्पिक शैलीमा आयोजना हुने...

पोखरामा भव्य रुपमा सम्पन्न भयो मोटो इन्डुरो, विजेताले पाए लाखौ पुरस्कार

पोखरामा भव्य रुपमा सम्पन्न भयो मोटो इन्डुरो, विजेताले पाए लाखौ पुरस्कार

पोखरा – नेपालमै पहिलो पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भव्यताका...

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको  सुबिधा

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको सुबिधा

क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...