यी हुन् खरिदका लागि लामो समय पर्खनुपर्ने ५ एसयूभी, १८ महिना सम्मको वेटिङ पिरियड

विश्वभरका अटो उद्योग विगत केही महिनादेखि सेमीकन्डक्टर चिप्सको अभावसँग जुधिरहेका छन् । सेमीकन्डक्टर चिप्सको समस्या तत्काल समाधान नहुने सम्भावना छ । जसका कारण सवारी साधन खरिदका लागि लामो प्रतीक्षा गर्नुपर्ने भएको छ । हाल यो अवधि अझै बढ्ने देखिएको छ ।

उच्च ग्राउन्ड क्लियरेन्स र अफ रोड प्रदर्शनका कारण विगत केही वर्षमा एसयूभीको माग तीव्र रूपमा बढेको छ । त्यस्ता एसयूभी चाहनेहरुले लामो समय देखि नयाँ सवारी साधन किन्न पनि पाएका छैनन् । त्यसको प्रत्यक्ष असर नेपाली ग्राहकलाई समेत परेको छ ।

नेपाली ग्राहकले समेत नेपाली बजारमा यी एसयूभी अपेक्षाकृत रुपमा पाउन सकेका छैनन् । यहाँ हामी लामो समयसम्म प्रतिक्षा गर्नुपर्ने एसयूभीको बारेमा केही चर्चा गरौं ।

महिन्द्रा एक्सयूभी७००
महिन्द्राको एक्सयूभी७०० को ठूलो माग छ । सो एसयूभी खरिदको लागि रङ र भेरिएन्टको आधारमा भारतमै १८ महिनासम्म कुर्नुपर्ने देखिएको छ । एक्सयूभी७००को मूल्य १२ लाख ९५ हजार र फुल लोड भएको भेरिएन्टको मूल्य २३ लाख ७९ हजार भारु रहेको छ । यो २.० एमस्टालिन टर्बो पेट्रोल र २.२ लिटर एमहर्क टर्बो डिजेल इन्जिनमा उपलब्ध छन् । भारतमै लामो समय प्रतीक्षा गर्नुपर्ने भए पछि नेपालमा आउने सम्भावना समेत पर धकेलिएको छ ।

महिन्द्रा थार
महिन्द्राको थार कम्प्याक्ट अफ–रोड एसयूभी सबैभन्दा लामो प्रतीक्षा अवधि भएको दोस्रो एसयूभी हो । सो एसयूभी खरिदका लागि १२ महिनासम्म प्रतिक्षा गर्नुपर्छ । हाल यसको मूल्य १३ लाख १७ हजार देखि १५ लाख ५३ हजार भारु सम्म रहेको छ । नयाँ थारमा १५२ बीएचपी, २.० लिटर टर्बो पेट्रोल वा १३२ बीएचपी, २.२ लिटर टर्बो डिजेल इन्जिनहरू छन् । नेपालमा समेत यो गाडी अझै भित्रिन सकेको छैन ।

हुन्डाई क्रेटा
हुन्डाई क्रेटा सबैभन्दा बढी बिक्री हुने एसयूभी मध्येको एक हो । क्रेटाको वेटिङ पिरियड १० महिना रहेको छ । यो मोडल हाल १० लाख २३ हजार देखि १७ लाख ९४ हजार भारु मूल्यमा उपलब्ध छ । यो ११३ बीएचपी, १.५ लिटर एनए, ११३ बीएचपी, १.५ लिटर टर्बाे पेट्रोल, १३८ बीएचपी, १.४ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ । नेपाली बजारमा पनि ग्राहकले चाहे अनुसारको संख्या र कलरमा यो एसयूभी पाउन सकेका छैनन् ।

टाटा पन्च
टाटा पन्चको प्रतीक्षा अवधि ७ महिनासम्म छ । कम्पनीले अक्टोबर २०२१ देखि हालसम्म टाटा पन्च एसयूभीको ३२ हजार भन्दा बढी युनिट बिक्री गरिसकेको छ । सो मिनी एसयूभीमा १.२ लिटर पेट्रोल इन्जिन उपलब्ध छ जसले ८६ बीएचपीको पावर र ११३ एनएम टर्क उत्पादन गर्छ । नेपालमा पनि यो एसयूभी उपलब्ध गराउने तयारी भए पनि अझै उपलब्ध हुन सकेको छैन ।

किया सेल्टोस/सोनेट
किया सेल्टोस र सोनेट एसयूभी भेरिएन्टको आधारमा ६ महिनासम्मको प्रतीक्षा अवधि छ । सोनेटको मूल्य ६ लाख ९५ हजार देखि १३ लाख ६९ हजार भारु र सेल्टोसको मूल्य ९ लाख ९५ हजार देखि १८ लाख १९ हजार भारु बीच रहेको छ । सेल्टोसमा ११४ बीएचपी, १.५ लिटर पेट्रोल, १४० बीएचपी, १.४ लिटर पेट्रोल र ११५ बीएचपी, १.५ लिटर डिजेल इन्जिन समावेश छ । सोनेटमा ८३ बीएचपी, १.२ लिटर एनए पेट्रोल, १२० बीएचपी, १.० लिटर टर्बो पेट्रोल र १०० बीएचपी, १.५ लिटर टर्बो डिजेल जस्ता ३ इन्जिन विकल्पमा उपलब्ध छ । नेपाली बजारमा अपेक्षाकृत संख्या र कलरमा यी दुवै एसयूभी उपलब्ध हुन सकेको छैन ।

सम्बन्धित समाचारहरू

स्कर्पियो क्लासिकको वोस एडिसन सार्बजनिक, के छ नयाँ ?

स्कर्पियो क्लासिकको वोस एडिसन सार्बजनिक, के छ नयाँ ?

काठमाडौं– भारतिय एसयूभी जायन्ट महिन्द्राले आफ्नो लोकप्रिय मोडल...

बोल्ड लुकको साथमा महिन्द्राको बहुप्रतीक्षित एसयूभी एक्सयूभी७०० सार्वजनिक

बोल्ड लुकको साथमा महिन्द्राको बहुप्रतीक्षित एसयूभी एक्सयूभी७०० सार्वजनिक

महिन्द्रा एक्सयूभी७०० शनिबार आधिकारिक रुपमा भारतमा सार्वजनिक गरिएको छ ।...

परीक्षणको क्रममा देखिएको महिन्द्रा एक्सयूभी ७०० ईभी चाँडै लन्च हुने सम्भावना

परीक्षणको क्रममा देखिएको महिन्द्रा एक्सयूभी ७०० ईभी चाँडै लन्च हुने सम्भावना

महिन्द्राले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी महिन्द्रा एक्सयूभी ७०० ईभीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...