आकर्षक लुकमा स्कोडा कुशाकको नयाँ भेरिएन्ट चाँडै लन्च हुँदै, यस्तो हुनेछ फिचर

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी स्कोडा कुशाकको मोन्टे कार्लो भेरिएन्ट लन्च गर्ने तयारीमा छ । सो भर्सन भारतमा अर्को महिना मे ९ मा लन्च हुनेछ । मिडिया रिपोर्टका अनुसार कम्पनी स्कोडा कुशाक मोन्टे कार्लो एडिसनमा स्पोर्टी ब्ल्याक आउट लुक र एड्भान्स फिचर हुनेछ ।

कम्पनीले कुशाक मोन्टे कार्लोमा म्यानुअल र अटोमेटिक १.० टीएसआई र १.५ टीएसआई इन्जिनसहित लन्च गर्ने अनुमान गरिएको छ । त्यसैले यसको मूल्य १८ लाखदेखि १९ लाख ५० हजार भारु बीच हुनेछ ।

कुशाक मोन्टे कार्लोमा ब्ल्याक ग्रिल, स्मोक्ड हेडलाइट र टेललाइटको साथै ब्ल्याक आउट स्किड प्लेट, विंग मिरर, रूफ रेल्स र रियर बम्पर समावेश हुनेछ । नयाँ कुशाक मोन्टे कार्लोमा अन्य रङ विकल्पहरू पनि उपलब्ध हुनेछ । एसयूभीको बाहिरी भागमा ‘मोन्टे कार्लो’ ब्याजिङ पनि हुनेछ र कारमा नयाँ ब्ल्याक अलोय ह्विल पनि उपलब्ध हुनेछ ।

नयाँ कुशाक मोन्टे कार्लो भेरिएन्टको डिजाइन र लेआउट पुरानो मोडल जस्तै हुनेछ । एसयूभीमा रातो रङको एक्सेन्टसहितको नयाँ स्पोर्टी ब्ल्याक इन्टेरियर हुनेछ । स्टाइल भेरिएन्टका लगभग सबै फिचरहरू मोन्टे कार्लो ट्रिममा ल्याउनेछ । तथापि, एसयूभी पूर्ण रूपमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर सहित केही फरक फिचरहरू हुने अपेक्षा गरिएको छ ।

नयाँ कुशाक मोन्टे कार्लो एडिसन २ पेट्रोल इन्जिनको साथ लन्च गरिनेछ, जसमा पहिलो १.० लिटर ३ सिलिन्डर टीएसआई इन्जिनले ११३ बीएचपीको पावर र १७५ एनएमको टर्क जेनेरेट गर्छ र दोस्रो १.५ लिटर ४ सिलिन्डर टीएसआई इन्जिनले १४८ बीएचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ ।

ट्रान्समिशन विकल्पमा १.० लिटर टीएसआईमा वैकल्पिक ६ स्पिड अटोमेटिक ट्रान्समिशनको साथ ६ स्पिड म्यानुअल गियरबक्स समावेश हुनेछ, जबकि १.५ लिटर टीएसआई ७ स्पिड डीएसजी गियरबक्सको साथ पेश गरिने छ ।

सम्बन्धित समाचारहरू

स्कोडा कुशाक फेसलिफ्टको उत्पादन भारतमा सुरु, मार्च २०२६ देखि डेलिभरी हुने

स्कोडा कुशाक फेसलिफ्टको उत्पादन भारतमा सुरु, मार्च २०२६ देखि डेलिभरी हुने

भारतमा स्कोडा कुशाक फेसलिफ्टको उत्पादन औपचारिक रूपमा सुरु भएको छ। स्कोडा...

डीप ब्ल्याक कलरमा आयो स्कोडा कुशाक र स्लाभिया

डीप ब्ल्याक कलरमा आयो स्कोडा कुशाक र स्लाभिया

स्कोडाले आफ्नो लोकप्रिय एसयुभी कुशाक र सेडान कार स्लाभियालाई नयाँ एडिसनमा...

नेपालमा स्कोडा कुशाकको एक वर्ष : ४०० युनिट बिक्री, स्कोडाको बिक्री बढ्यो ५६० प्रतिशत

नेपालमा स्कोडा कुशाकको एक वर्ष : ४०० युनिट बिक्री, स्कोडाको बिक्री बढ्यो ५६० प्रतिशत

काठमाडौं – नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयूभी स्कोडा कुशाकले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...