नेपाली बजारमा समेत उपलब्ध अयोनिक ५ ले जित्यो ‘वल्र्ड कार अफ दि इयर’ अवार्ड

हुन्डाईको नयाँ इलेक्ट्रिक कार आयोनिक ५ ले यस वर्षको ‘वल्र्ड कार अफ दि इयर’ अवार्ड जितेको छ । नेपाली बजारमा समेत उपलब्ध यो इलेक्ट्रिक कारले फोर्ड मस्टाङ म्याक ई र किया इभी६ लाई पछि पार्दै यो प्रतिष्ठित अवार्ड हात पारेको हो । यसैगरी अर्वान कार अवार्डबाट टोयोटा यारिस क्रस सम्मानित भएको छ भने पर्फमेन्स क्याटागोरीमा औडी ई ट्रोन र लक्जरी बिधामा मर्सिडिज वेन्ज इक्युएस अव्वल ठहरिएका छन् ।

यो इलेक्ट्रिक कारले यसअघि ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ र वेलायतमा युके कार अफ दि इयरको अवार्ड सहित अन्य थुप्रै अवार्ड समेत पाउन सफल भैसकेको छ ।

यस्तो छ यो कारको विशेषता
नयाँ आयोनिक–५ फ्युचरिस्टिक अर्थात भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो । निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ । आयोनिक–५ हुन्डाईको नयाँ आयोनिक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री इलेक्ट्रिक भेइकल प्लेटफर्म’ मा बनेको हो ।

आयोनिक ५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ । यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट पर्फर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन उपयुक्त रहेको छ । हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’ मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम रहेको छ । साथै, यो कारमा सोलार वा भिजन रुफ, भेइकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर तथा भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् ।

नेपाली बजारमा यो प्यानोरामिक सनरुफ र सोलार सनरुफ सहित कुल २ भेरियन्टमा उपलब्ध रहँदै आएको छ । जसमध्ये प्यानोरामिक सनरुफयुक्त भेरिएन्टको मूल्य ८० लाख ९६ हजार र सोलार सनरुफयुक्त भेरिएन्टको मूल्य ८१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । म्याट कलर कलर किन्न चाहने ग्राहकले ६० हजार अतिरिक्त रकम तिर्नु पर्नेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाई क्रेटा ११ भेरिएन्टमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

हुन्डाई क्रेटा ११ भेरिएन्टमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

एसयूभी बजारमा सर्बाधिक लोकप्रिय मोडल हो हुन्डाई क्रेटा । यो एसयूभी नेपाल...

महंगो भयो हुन्डाइ क्रेटा, अव सवै भेरिएन्टमा ६ एयर व्याग र आइडल स्टार्ट–स्टप फिचर

महंगो भयो हुन्डाइ क्रेटा, अव सवै भेरिएन्टमा ६ एयर व्याग र आइडल स्टार्ट–स्टप फिचर

हुन्डाइले आफ्नो लोकप्रिय एसयूभी क्रेटालाई आरडिई(रियल ड्राइभिङ इमिसन) र...

हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ अफर, यस्ता छन् छुट र सुविधा

हुन्डाईले ल्यायो ‘अनबिटेबल एक्सचेन्ज’ अफर, यस्ता छन् छुट र सुविधा

काठमाडौं– हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...