केटिएमको जस्तै देखियो वेनेलीले दर्ता गराएको नयाँ इन्जिनको प्याटेन्ट

वेनेली वाइकको चीनीयाँ उत्पादक क्यूजे मोटरले नयाँ इन्जिनको डिजाइनका लागि प्याटेन्ट दर्ता गरेको छ । हालसालै वाहिरिएको उक्त इन्जिनको विवरणलाई आधार मान्दा सो इन्जिन धेरै हदसम्म केटिएमको १३०१ सिसी भी ट्विन इन्जिनसंग मिल्दोजुल्दो रहेको जनाइएको छ । सोही इन्जिनलाई केटिएमले १२९० सुपर एड्भेन्चर र १२९० सुपर ड्युक आर वाइकमा प्रयोग गरेको थियो ।

केटिएमको इन्जिनसंग मिल्दोजुल्दो डिजाइन देखिएका कारण आगामी दिनमा बेनेलीलले आफ्नो सुपर बाइकमा सोही इन्जिनलाई प्रयोग गर्न लागिरहेको आँकलन गर्न थालिएको छ । वेनेलीले यसअघि पनि केटिएमको ७९९ सिसी इन्जिनसंग मिल्दोजुल्दो इन्जिनको प्याटेन्ट लिएको थियो ।

क्युजे मोटरले आफ्नो मोटो ३ क्याम्पियन अन्तर्गत नयाँ डिजाइनको इन्जिन बिकास गर्न यसअघि नै केटिएमसंग सहकार्य गर्ने बताएको थियो । सोही आधारमा पनि उसले आफ्नो नयाँ उच्च सिसीको बाइकमा केटिएमको इन्जिन प्रयोग गर्नसक्ने संभावना देखिएको छ ।

क्यूजे मोटर्सले सिएफ मोटोलाई आफू मातहत लिइसकेको छ भने हार्ले डेभिड्सन र हक्कभर्नासंग सहकार्य अघि बढाइसकेको छ ।

सम्बन्धित समाचारहरू

केटीएम ३९० एड्भेन्चरको नयाँ संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

केटीएम ३९० एड्भेन्चरको नयाँ संस्करण लन्च, यस्तो छ मूल्य र विशेषता

केटीएमले ३९० एड्भेन्चरको नयाँ संस्करण लन्च गरेको छ । एड्भेन्चर आर नामले...

केटीएम आरसी रेन्ज र एड्भेन्चर रेन्ज नयाँ रङमा

केटीएम आरसी रेन्ज र एड्भेन्चर रेन्ज नयाँ रङमा

केटीएम इन्डियाले आरसी र एड्भेन्चर रेन्ज अपडेट सहित नयाँ रङमा पेश गरेको छ ।...

बजेटको मारमा परे २०० सीसी बढी क्षमताका चल्तिका यी बाइक

बजेटको मारमा परे २०० सीसी बढी क्षमताका चल्तिका यी बाइक

आर्थिक वर्ष २०७९/८० का लागि सार्बजनिक गरिएको बजेटमा सरकारले २ सय सीसीमाथि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...