लक्ष्मी ल्युबद्वारा टोटल इनर्जीको रिटेलर तथा मेकानिक्स भेला सम्पन्न

काठमाडौं – लक्ष्मी ल्युव आयल प्रालिले मंगलबार काठमाडौंमा ‘रिटेलर्स एन्ड मेकानिक्स मिट’ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा २ सय भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग टोटल लुब्रिकेन्टका वारेमा अन्तक्रिया गरिएको छ ।

महाराजगन्जदेखि कलंकी एरियाका लागि टोटल इनर्जीका विक्रेता सुनकोशी इन्टरप्राइजेज प्रालि. र लक्ष्मी ल्युव आयल प्रालिको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । सुनकोशी इन्टरप्राइजेज प्रालिका म्यानेजिङ डाइरेक्टर राम शरण कार्कीको अध्यक्ष्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा लक्ष्मी कमर्सियल भेहिकल्स प्रालितथा अटो कम्पोनेन्टका अपरेसन डाइरेक्टर कपिल शिवाकोटी, प्रमूख अतिथिको रुपमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र लक्ष्मी ल्युव आयल प्रालिका विजनेस हेड रविन्द्र उपाध्याय अतिथिको रुपमा रहेका थिए ।

उक्त कार्यक्रममा टोटल इनर्जीद्वारा बिभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्ट्सको बारेमा जानकारी पनि दिईएको थियो । सो अवसरमा सन् २०२२ का लागि रिटेलर्स स्किम पनि सार्बजनिक गरिएको थियो ।

लक्ष्मी ग्रुप नेपालको एउटा स्थापित ट्रेडिङ्ग कम्पनी हो जसको स्थापना सन् १९७३ मा भएको हो । लक्ष्मी ग्रुप अटोमोटिभ्स डिभिजन हुन्डाई, बीएमडब्ल्यु, एसएमएल.इसुजु, हिड्रोमेक, हिरो ईलेक्ट्रिक, टाटा ग्रीन ब्याट्रिज, ट्रायङ्गल टायर र टोटल इनर्जिज जस्ता लोकप्रिय ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा रहेको छ ।

लक्ष्मी ल्युव आयल प्रालिले विगत ३ वर्ष देखि टोटल इनर्जिज (लुब्रिकेन्ट) को आधिकारिक विक्रेताको रुपमा आफ्नो ब्यवसायको संचालन गरिरहेको छ , जसमा मोटरसाइकल, प्यासेन्जर कार, बस/ट्रक/टिपर, ट्राक्टर, ग्रीज र इन्डष्ट्रियल गरि ६ वटा सेग्मेन्ट अन्तर्गत ७३ वटा प्याक साइज उपलब्ध भएको कम्पनीको भनाइ छ ।

टोटल लुब्रिकेन्ट विश्वको विश्वसनिय ब्रान्ड मध्ये एक ब्रान्ड हो । यसको प्रोडक्सन प्लान्ट विश्वभरी ४२ वटा देशमा रहेका छन् साथै १६० भन्दा बढी देशहरुमा ब्रिक्री वितरण हुने गरेको छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिदै किर्लोस्कर इन्जिन आयल, सबै रेन्जमा उपलब्ध हुने

नेपाल भित्रिदै किर्लोस्कर इन्जिन आयल, सबै रेन्जमा उपलब्ध हुने

काठमाडौं – नेपाली बजारमा किर्लोस्कर ब्रान्डको नयाँ लुब्रिकेन्ट अर्थात...

मोटुलका सीईओ नागेन्द्र पाई भन्छन् – नेपालमा अब दक्ष जनशक्ति समेत लगानी गर्नेछौ

मोटुलका सीईओ नागेन्द्र पाई भन्छन् – नेपालमा अब दक्ष जनशक्ति समेत लगानी गर्नेछौ

मोटुल इन्डिया प्रालिका चिफ एक्जिक्युटिभ अफिसर (सीईओ) हुन् नागेन्द्र पाई ।...

लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

लक्ष्मी ल्युब आयलको च्यानल पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं – टोटल इनर्जिजको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ल्युब...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...