बुटवलबाट सुरु भयो लुम्बिनी प्रदेशको मोटरसाइक्लिङ सुरक्षा अभियान

FIA Affordable Helmet अभियान अभियान अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय मोटरसाइक्लिस्ट सुरक्षा अभियानको शुरुवात गत २३ चैतमा बुटवलबाट गरिएको छ । यस वर्ष नासा नेपालले फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइल (एफआईए) को सहयोगमा सुरक्षित हेल्मेट अभियान संचालन गरिरहेको छ, जसमा नासा फाउन्डेसन नेपाल, सुरक्षित यात्रा अभियान, बुटवल र सूचना तथा मानव अधिकार केन्द्र नेपालगन्ज समेत सहयात्री रहेका छन् ।

जसमा नीति निर्माता, सरकारी अधिकारी र मिडियाकर्र्मीलाई सुरक्षित हेल्मेट र पछाडि बस्नेको लागि हेल्मेटको महत्वबारे प्रकास पारिने छ । त्यसबाट सम्बन्धित ऐन कानुन निर्माण र कार्यन्वयन सरल र सहज हुने बताइएको छ ।

गत चैत २३ गते FIA World council मेम्बर गोविन्द भट्टराईले लुम्बिनी टेलिभिजनका दिनेश पाण्डेलाई हेल्मेट हस्तान्तरण गरे भने सोही दिन सुरक्षित यात्रा अभियानको तर्फबाट ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापालाई सुरक्षित हेल्मेटको संकेत स्वरूप एफआईए हेल्मेट हस्तान्तरण गरियो ।

नासा नेपालले देशभरी संचालन गर्ने यस अभियानको लागि पश्चिम नेपाल र उपत्यकामा बिभिन्न कार्यक्रम शुरु भइ सकेको छ । जसमा नीतिनिर्माणको लागी लबिंग, तालिम, मिडिया क्याम्पेन लगायत कार्यहरु रहेका बताइएको छ ।

आज नेपालमा मात्र नभई संसारभर लोकप्रिय मोटरसाइकल सुरक्षाको हिसाबले भने डरलाग्दो बन्दै गएको छ । हाल विश्वका शहरी दुर्घटनाको ठुलो हिस्सा मोटरसाइकले ओगटेको पाइन्छ जसबाट वार्षिक लाखौको अकाल मृत्यु, अंगभंग र अर्बौको आर्थिक क्षति भैरहेको छ ।

नेपालमा दैनिक सरदर ६ देखि ८ जनाको सवारी दुर्घटनामा अकाल मृत्यु भैरहेको छ । मोटरसाइक्लिष्ट, पैदलयात्रुहरु, साइक्लिस्ट र अपांगहरुको मोबिलिटी अधिकार र सुरक्षा आज ठुलो चुनौती बन्दै गएको छ र त्यसलाई सरकारी, गैरसरकारी क्षेत्रवाट सम्बोधन गर्ने कार्यसमेत भैरहेको पनि छ, जुन पर्याप्त भने हुन सकेको छैन । जबसम्म नेपाल सरकार दिगो सडक र सुरक्षित यातायातको लागि प्रतिकृयात्मक मात्र बन्ने अवस्था रहन्छ तवसम्म सार्थक र सकारात्मक परिणाम निस्कन गा¥हो छ । यसकारण पनि नागरिक र पेशागत तहवाट निकै सकृय र महत्वपूर्ण अभियानहरु शुरु भएको बताइएको छ ।

त्यही अभियान अन्तर्गत नै गत २०२१ को सेप्टेम्बरबाट नेपालमा पनि हेल्मेट वितरण भइरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

दुर्घटना न्यूनीकरणका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

दुर्घटना न्यूनीकरणका लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न

बुटवल – सडक दुर्घटनामा निधन भएकाहरुको स्मृति दिवसका अवसरमा सुरक्षित सवारी...

रोड सेफ्टी नेसनल अवार्ड प्रदान गरिने, आवेदन आह्वान

रोड सेफ्टी नेसनल अवार्ड प्रदान गरिने, आवेदन आह्वान

काठमाडौं – नेपालको सेफर र सस्टेनेबल मोबिलिटीको क्षेत्रमा उल्लेखनिय...

F1  in Schools कार्यक्रममा राखेप सदस्य सचिव

F1  in Schools कार्यक्रममा राखेप सदस्य सचिव

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...