होन्डाले नेपाल ल्याउँदै स्मार्ट फिचरयुक्त स्मार्ट डियो, खुल्यो बुकिङ
काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
काठमाडौं – प्रसिद्ध अटोमोबाइल व्यवसायी एवं मोटरसाइकल सौखिन सौरभ ज्योति मुस्ताङको कोरला नाका पुगेका छन् । उनी १००० सीसीको होन्डा सुपर स्पोर्ट्स मोटरसाइकल सीबीआर १०००आरआरमा सवार भएर त्यहाँ पुगेका हुन् ।
लामो दुरीमा मोटरसाइकल यात्रा रुचाउने ज्योति हिजो विहान सो स्थानमा पुगेका हुन् । उनी अब फर्किने क्रममा रहेका छन् ।
कोरला नाका सम्म धेरै बाइक राइडरहरु पुगेका भए पनि १००० सीसीको मोटरसाइकलमा पुग्नु सौरभ ज्योतिको एक रेकर्ड नै हो । कोरला नाका नेपाल र चीन जोड्ने नाका हो । पोखरा, बेनी, जोमसोम हुँदै त्यहाँ पुग्न सकिन्छ ।
गत वर्ष नेपाल अटोसँग बाइक यात्राको वारेमा कुराकानी गर्दै ज्योतिले मुस्ताङ लगायतका विभिन्न पर्यटकीय स्थानमा बाइक यात्रा गर्ने आफ्नो चाहना भएको र यसको तयारी गरिरहेको बताएका थिए । उनले भने, ‘अब मेरो रहर पुरा भएको छ । यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने छ ।’
सौरभ ज्योति बाइकका सौखिन हुन् । उनले महंगा र आकर्षक बाइकहरुको संग्रहको रुपमा ‘एसजे मोटो’ समेत संचालनमा ल्याएका छन् ।
काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
होन्डाले दक्षिण कोरियामा २३ वर्षदेखि सञ्चालनमा रहेको आफ्नो कार बिक्री...
हामी नेपाल र भारत तथा चीनको कार बजारको वारेमा धेरै चर्चा गर्छौ । नेपालको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...