सुजुकीको नयाँ र सस्तो एडभेन्चर बाइक आउदै

सुजुकी टु ह्विलर्स इन्डियाले चाँडै भारतमा सस्तो एड्भेन्चर बाइक लन्च गर्न लागेको छ । कम्पनीले सामाजिक सञ्जालमा नयाँ बाइकको टिजर सार्वजनिक गरेको छ । नयाँ बाइक भी–स्ट्रोम २५० हुने अनुमान गरिएको छ । कम्पनीले लामो समयदेखि सो बाइक विश्व बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीको आधिकारिक टिजरमा “मास्टरसँग नयाँ चुनौती पत्ता लगाउनुहोस्“ र “मास्टरसँग चिल गर्न नयाँ ठाउँ खोज्नुहोस“ लेखिएको छ । सो बाइक भी–स्ट्रोम २५० रेन्जबाट एडीभी हुने अनुमान गरिएको छ ।

भी–स्ट्रोम २५० को मेकानिकल फिचर जिक्सर २५० सिरिजसँग मिल्दोजुल्दो हुने सम्भावना छ । जिक्सर २५० चाहिं २४० सीसी सिंगल सिलिन्डर आयलकुल्ड इन्जिनद्वारा संचालित छ जसले २६.१ एचपीको पावर र २२.२ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकलाई ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ ।

बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक एब्जर्बर हुने सम्भावना रहेको छ । साथै यसमा मल्टि–स्पोक अलोय ह्विल पनि देख्न सकिनेछ । बाइकमा सर्कुलर अल–एलईडी हेडल्याम्प, लामो भाइजर, सिंगल पिस सिट हुनेछ ।

सुजुकी टु ह्विलर्स इन्डियाले यही महिनाभित्र आफ्नो नयाँ बाइक लन्च गर्ने अपेक्षा गरिएको छ । लन्चिङ पछि सो बाइकले केटीएम २५० एड्भेन्चर, बेनेली टीआरके २५१ आदिसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

दुई भेरिएन्टमा आयो सुजुकी स्विफ्टको ब्लिट्ज एडिसन, यस्तो छ विशेषता

दुई भेरिएन्टमा आयो सुजुकी स्विफ्टको ब्लिट्ज एडिसन, यस्तो छ विशेषता

मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक कार स्विफ्टलाई नयाँ एडिसनमा...

अपडेट सहित सुजुकीको नयाँ एस–क्रस २५ नोभेम्वरमा लन्च गर्ने

अपडेट सहित सुजुकीको नयाँ एस–क्रस २५ नोभेम्वरमा लन्च गर्ने

मारुती सुजुकीले चाँडै नयाँ पुस्ताको लक्जरी ह्याचब्याक एस–क्रस भारतीय...

मारुती सुजुकीले ल्याउदै छ इंगेज एमपीभी, ७ सिटर कारको बजार परिवर्तन हुने सम्भावना

मारुती सुजुकीले ल्याउदै छ इंगेज एमपीभी, ७ सिटर कारको बजार परिवर्तन हुने सम्भावना

मारुती सुजुकीले नयाँ ७ सिटर एमपीभी बजारमा ल्याउने भएको छ । रिपोर्टका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...