टारो ब्रान्डका बाइक र स्कुटर किन्दा ३० हजार सम्म छुट र बैंकक प्याकेज अफर

काठमाडौं – नेपाली बजारमा हालै एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्प प्रालिले भित्र्याएको इटालियन प्रविधि र डिजाइनमा निर्मित टारो ब्रान्डको बाइक तथा स्कुटरमा नयाँ वर्ष २०७९ को अफर उपलब्ध हुने भएको छ ।

आज अर्थात चैत्र २४ देखि प्रारम्भ भएको यो अफर आगामी बैशाख ३१ सम्म लागू हुने ओम मोटोकर्पले जनाएको छ । यस अन्तर्गत टारो ब्रान्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार रुपैयाँ छुट पाइने छ । त्यसैगरी बाइकमा जीपी२ २०० खरिद गर्दा २० हजार, जीपी१ २५० एसआर खरिद गर्दा २५ हजार र जीपी१ ३८० खरिद गर्दा ३० हजार रुपैयाँ छुट पाइने छ ।

साथै कम्पनीले यस अवधिभर खरिद गर्ने मध्ये २ जना भाग्यशाली ग्राहकहरुलाई लक्की ड्रमाफर्त बैंककको प्याकेज समेत अफर गरेको छ । कम्पनीले टारो ब्रान्डका इमोला १५० एलेक्स र टी९१५० गरी दुई मोडलमा स्कुटर र जीपी२ २००, जीपी१ २५० एसआर र जीपी१ ३८० गरी तीन मोडलका प्रिमियम बाइक नेपाली बजारमा उपलब्ध गराएको छ ।

नक्सालको नारायण चौरमा आफ्नो कर्पाेरेट शोरुमको विस्तार गर्दै काठमाडौंको भत्केकोपुल र रातोपुलको कोरेडोरमा आफ्नो अत्याधुनिक सर्भिस सेन्टरको निर्माण अन्तिम चरणमा पु¥याएको छ । यसका साथै टेकुस्थित वाइकर्स मार्ट्सले पनि कम्पनीको आधिकारिक बिक्री प्वाइन्ट लिदैं यस व्राण्डको वाइक तथा स्कुटर बिक्री गर्दै आएको छ ।

उपत्यका वाहिरका मुख्य मुख्य सहरहरुमा धरान, इटहरी, विर्तामोड, दमक, चितवन, बुटवल, पोखरा, दाङ्ग, नेपालगन्ज र धनगढीमा डिलर विस्तारको योजना अघि सारेको छ भने हेटौंडामा कम्पनीले डिलर छनौटको प्रक्रिया सकेर आवश्यक संरचनाको निमार्ण कार्यलाई अघि बढाउदै सानोपोखरास्थित ओम अटोमोबाइल्समार्फत बिक्री सेवा प्रदान गर्दै आएको बताएको छ ।

हाल नेपाली बजारमा उपलब्ध इमोला १५० एलेक्सको मूल्य ३ लाख ३० हजार, जीपी१ २५० एसआरको मूल्य ६ लाख ५० हजार र जीपी१ ३८० को मूल्य ९ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ ।

आकर्षक डिजाइनका साथै ईएफआई, टीएफटी डिस्प्ले, सीबीएस अर्थात कम्बाइन्ड ब्रेकिङ सिस्टम, लिक्विडकुल्ड इन्जिन र अन्य मास्टर अफ इन्जिनियरिङ यो ब्रान्डका बाइक तथा स्कुटरमा अनुभव गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

६० हजार सम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको मूल्य  यथावत

६० हजार सम्म बढ्यो मोटरहेड मोटरसाइकलका चार मोडलको मूल्य, अन्यको मूल्य यथावत

काठमाडौं – नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो...

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

एसजी ग्रुपले ल्यायो बोकेर लैजान सकिने पोर्टेबल अक्सिजन ब्याग र विभिन्न स्वास्थ्य सामग्री

काठमाडौं – अक्सिजन अभावलाई कम गर्न एसजी ग्रुपले पोर्टेबल अक्सिजन ब्याग...

व्यवसायी घिमिरेले अब एसजी अटोक्राफ्टमार्फत नेपालमै विद्युतीय सवारी एसेम्बल गर्ने

व्यवसायी घिमिरेले अब एसजी अटोक्राफ्टमार्फत नेपालमै विद्युतीय सवारी एसेम्बल गर्ने

काठमाडौं – हाल नेपाली बजारमा मोटरहेड र टारो ब्रान्डका दुई पांग्रे सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...