गाडी किन्नेलाई यो बर्ष छैन नयाँ बर्षको उपहार

यसपटकको नयाँ बर्षमा नयाँ गाडी किन्न चाहने ग्राहकले कुनैपनि अफर र स्किम नपाउने संभावना बढेको छ । नयाँ बर्ष आउन जम्मा ९ दिनमात्र वाँकी हुदा हालसम्म कुनैपनि गाडी कम्पनीले नयाँ बर्ष अफर सार्बजनिक नगरेका कारण यस्तो संभावना बढेको हो । अघिल्ला बर्षहरुमा प्राय कम्पनीले चैत्र १५ गतेभित्रै नयाँ बर्षलाई लक्षित गरी बिभिन्न स्किम र अफरहरु सार्बजनिक गर्ने गर्थे । तर यसपाली रेनोले बाहेक अन्य कम्पनीले नयाँ बर्ष अफर ल्याएका छैनन् ।

अटो लोनमा गरिएको कडाई, उच्च ब्याजदर र गाडी आयतमा ५० प्रतिशत नगद मार्जिनको व्यवस्थाका कारण अहिले गाडीको कारोबार निकै शुस्त वनिरहेको छ । गाडी आयतमा कडाई गर्न भन्दै राष्ट्र वैंकले ल्याएको ५० प्रतिशत नगद मार्जिनका कारण अधिकांश आयतकर्ता कम्पनीले ठूलो भोल्युममा गाडी मगाउन छाडीसकेका छन् ।

बजारमा माग भएको र अग्रिम बुकिङ लिने ग्राहकलाई मात्र गाडी दिने गरी उनीहरुले सिमित मोडलका गाडी आयत गरिरहेका छन् । नयाँ गाडी किन्न बैंकहरुले कर्जा दिन सकिरहेको छैन । यस्तो अबस्थामा सवारीसाधनको मूख्य सिजन प्रभाबित हुने चिन्तामा अधिकांश आयतकर्ताहरु देखिन्छन् । त्यसैले पनि उनीहरुले यो वर्ष कुनैपनि अफर र स्किम ल्याउन रुची नदेखाएको सहजै अनुमान लगाउन सकिन्छ ।

बिगतका बर्षहरुमा हुन्डाई, मारुती सुजुकी, टाटा, फोर्ड, स्कोडा, होन्डा, किया, फक्सवागन र रेनो लगायत कम्पनीहरु बिच कसले पहिला अफर ल्याउने भनेर होडबाजी नै चल्ने गरेको थियो । तर यसपाली रेनो बाहेक अन्य कम्पनीले नयाँ स्किम र अफर ल्याउने छाँटकाँट देखाएका छैनन् । ‘यो बर्ष बजारमा कुनै उत्साह नरहेको कारण हामीले कुनै पनि स्किम र अफर नल्याउने निर्णय लिएका छौ’ एक कम्पनीका प्रतिनिधीले नेपाल अटोसंग भने । उनका अनुसार अघिल्ला वर्षहरुमा ग्राहकले भरिभराउ हुने शोरुमहरु अहिले प्राय सुनसानको अबस्थामा रहेको छ ।

गाडी बिक्रेताहरुले अफर ल्याउन रुची नदेखाएपनि नेपालमा कारोबार हुने केही ठूला टु ह्विलर ब्रान्डले भने नयाँ स्किम ल्याएका छन् । टु ह्विलरमा हालसम्म, बजाज, टिभिएस, यामाहा, बेनेली, बिएमडब्लु, सुजुकी र मोटरहेडले नयाँ बर्ष अफर ल्याएका हुन् । हिरो, होन्डा र अन्य थप केही ब्रान्डले पनि अवको केही दिनभित्र नयाँ अफर ल्याउने बुझिएको छ ।

सम्बन्धित समाचारहरू

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

३४ महिनामै ४ लाख यूनिट टाटा पन्च बिक्री, ईभीको हिस्सा १४ प्रतिशत मात्रै

बिक्री सुरु भएको तीन वर्षभन्दा कम समयमै टाटा पन्च ४ लाख यूनिट बिक्री भएको छ...

बाहिरियो भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची

बाहिरियो भारतमा सन् २०२४ मा सबैभन्दा धेरै बिक्री भएका १० कारको सूची

२०२४ मा भारतमा व्यापक रूपमा एसयूभी बिक्री भएको थियो । साथै ७ सिटर...

१६१ किमी रेन्ज दिने टाटा एस ईभी १००० लन्च

१६१ किमी रेन्ज दिने टाटा एस ईभी १००० लन्च

टाटा मोटर्सले आफ्नो ई-कार्गो मोबिलिटी सेगमेन्टमा मिनी ट्रक टाटा एस ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...