ईभी ब्याट्रीमा चिनियाँ कम्पनीको हिस्सा ७० प्रतिशत, कमजोर बन्दै कोरियन कम्पनी
चिनियाँ इलेक्ट्रिक सवारीसाधन अर्थात ईभी ब्याट्री निर्माता कम्पनीहरूले...
प्योर इभीको नयाँ इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ । ८ महिनाअघि भारतीय बजारमा लन्च गरिएको ईट्रिस्ट ३५० लाई नेपालस्थित आधिकारिक बितरक ह्वाइट लोटस मोटर्सले अहिले आफ्नो वेबसाइटमा लिस्टिङ गरिसकेको छ । यो मोटरसाइकल अवको केहि समयपछि नेपाल आउने कम्पनी स्रोतले जानकारी दिएको छ ।
झट्ट हेर्दा पेट्रोलबाट चल्ने मोटरसाइकल जस्तै लाग्ने यसको डिजाइन भविष्यमा आधारित इलेक्ट्रिक मोटरसाइकलको थिममा गरिएको छ । यो वाइकमा ७ इन्चको एलइडी डिजिटल डिस्प्ले, एलइडी हेडल्याम्प र एलइडी डिआरएलएस दिइएको छ । इन्धन ट्याँक रहने स्थानमा चार्जिङ सकेट दिइएको यो मोटरसाइकल एकदमै मस्कुलर देखिएको छ ।
प्योर इभीले यसमा ३.५ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरेको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर रहने जनाइएको छ । ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिने यो मोटरसाइकलले १४० किलोमिटरसम्मको माइलेज दिने दाबी गरिएको छ । यो मोटरसाइकललाई ड्राइभ, क्रसओभर र थ्रील गरी ३ फरक मोडमा चलाउन सकिन्छ । १६ डिग्रीसम्मको उकालो चढ्न सक्ने यसको ग्राउन्ड क्लिरियन्स १९८ एमएम रहेको छ ।
यो वाइकको दुबै चक्कामा ट्युवलेस र डिस्क ब्रेक दिइएको छ । रिमोटवाटै स्टार्ट गर्न सकिने यसको अगाडी र पछाडी दुबै भागमा हाइड्रोलिक डुअल सस्पेन्सन दिइएको छ । १२० किलो वजन भएको यो बाइकले १६० किलोसम्मको तौल वोक्न सक्ने दाबी गरिएको छ । नेपालमा यो मोटरसाइकलमो मूल्य कति पर्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । भारतीय बजारमा १ लाख ५५ हजार भारु मूल्य तोकिएको यो मोटरसाइकल नेपाल आउँदा ४ लाख हाराहारी पर्ने अनुमान लगाइएको छ ।
चिनियाँ इलेक्ट्रिक सवारीसाधन अर्थात ईभी ब्याट्री निर्माता कम्पनीहरूले...
काठमाडौं– साङ्ग्रिला मोटर्सले नयाँ वर्षको विशेष अवसर पारेर आजदेखी...
काठमाडौं–पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्स प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...