किया नेपालको वेबसाइटमा ईभी–६ लिस्टिङ, १ करोडमाथी पर्ने जिटीलाइन भर्सन मात्र आउने

काठमाडौं – कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले अफिसियल वेबसाइटमा इलेक्ट्रिक कार ईभी–६ लिस्टिङ गरेको छ । नेपाली बजारमा अब छिट्टै नै उपलब्ध हुने जानकारीका साथ यसमा ‘कमिङ सुन’ लेखिएको छ ।

नेपाली बजारमा यसको जिटी लाइन भर्सनमात्र आउने कम्पनीले जनाएको छ । जसको मूल्य १ करोड २० लाख रुपैयाँसम्म पर्ने अनुमान लगाइएकोे छ । अन्तराष्ट्रिय बजारमा इभी६ ५८ किलोवाट र ७७.४ किलोवट गरी कुल दुई साइजको व्याट्री प्याकमा उपलब्ध रहँदै आएपनि नेपालमा भने ठूलो साइजको ब्याट्री प्याकमा शक्तिशाली जिटी लाइन भर्सन आउन लागेको हो ।
यो प्रिमियम इलेक्ट्रिक क्रसओभरको डिजाइन एकदमै आकर्षक र स्पोर्टी रहेको छ । किया मोटर्सले यो कारमा भविष्यमा आधारित एलइडी हेडल्याम्पसंगै युनिक एलइडी डिआरएलएसलाई आकर्षक तवरबाट समायोजन गरेको छ । यो नयाँ कारमा प्रिमियम सिट, फराकिलो क्याविन स्पेस र आधुनिक फिचर्स उपलब्ध हुनेछ ।

यसमा जडान गरिएको ७७.४ किलोवाट लिथियम आयोन ब्याट्रीलाई एकपटक पूर्ण चार्ज गरेपछि ५ सय किलोमिटर भन्दा बढी यात्रा तय गर्न सकिने दाबी गरिएको छ । यसमा जडान गरिने १६८ किलोवाट पिएमएसएम डुअल मोटरले ५८५ बिएचपी पावर र ७४० एनएम टर्क जेनेरेट गर्न सक्ने बताइएको छ । यो कारलाई २६० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।

किया मोटर्सले यो इलेक्ट्रिक कारलाई ई–जिएमपी प्लेटफर्ममा निर्माण गरेको हो । यहि प्लेटफर्मममा हुन्डाई मोटर्सले आयोनिक ५ लाई समेत निर्माण गरेको थियो । १८ मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिने यसको ब्याट्रीलाई जम्मा ४ मिनेट चार्ज गर्दा एकसय किलोमिटर सम्मको यात्रा तय गर्न सकिन्छ । आयोनिक ५ मा जस्तै यसमा पनि भेहिकल टु लोड फंक्सन दिइएको छ । जसको साहयतामा ३.६ किलोवाट क्षमतासम्मको अन्य इभीलाई चार्ज गर्न अर्थात सोही क्षमता वरावरको अन्य इलेक्ट्रोनिक सामान चलाउन सकिन्छ ।

साथै यसमा १२.३ इन्चको हाइटेक इन्फोटेन्मेन्ट सिस्टम, १२.३ इन्चकै फुल डिजिटल मिटर, अटोमेटिक डुअल जोन एसी, भेन्टिलेटेड सिट, १९ इन्चको एरो डाइनामिक एलोई ह्विल्स, रिजेनेरिटिभ ब्रेकिङ, हेड अप डिस्प्ले, एड्भान्स्ड ड्राइभर एसिस्टेन्स सिस्टम र स्पिड डेटा एन्ड टर्न वाई टर्न नेभिगेसन लगायत अन्य थुप्रै आधुनिक फिचर्स दिइएको छ ।

सम्बन्धित समाचारहरू

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

कोरोनाको दोस्रो लहर सकिए लगत्तै भारतीय बजारमा जुलाई महिनामा गाडीको मागमा...

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

नेपाली बजारमा सनरुफयुक्त एसयूभी : सबैभन्दा सस्तो टाटा नेक्सन, यस्तो छ अन्यको अवस्था

यूरोप र अमेरिका लगायत विश्वका अधिकांश विकसित देशमा सनरुफ भएका सवारी साधन...

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

हुन्डाईको नयाँ इन्जिनमा आउँदै किया सेल्टोस र क्यारेन्स, पावर र टर्क वढ्ने

कियाको लोकप्रिय एसयूभी सेल्टोस र क्यारेन्स छिट्टै विएस६ फेज टु इन्जिनका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...