यी १६ वर्कशपले पाए रोयल इन्फिल्डको नयाँ डिलरबाट आधिकारिक सर्भिस सेन्टरको मान्यता

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी नवनियुक्त विक्रेता अल्फा अटोमोटिभले देशका १६ स्थानमा रहेका वर्कशपलाई आफ्नो आधिकारिक वर्कशपको मान्यता दिएको छ । आज एक सुचना जारी गर्दै कम्पनीले अब उप्रान्त रोयल इन्फिल्ड मोटरसाइकलको सर्भिसिङ, मर्मतसम्भार र वारेन्टिका लागी यी १६ वर्कशपमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

काठमार्डौ उपत्याकामा सुकेधारास्थित जेरो इन्जिनियरिङ, मिनभवनस्थित मिनभवन मोटरसाइकल वर्कशप, गैरीधारास्थित नक्साल बुलेट सर्भिस सेन्टर र बसुन्धारास्थित इमेज अटोमोबाइल एन्ड ट्रेड कन्सर्नमा सम्पर्क गर्न भनिएको छ ।

उपत्यका बाहिरका लागी भने दमकमा क्षिरिङ इन्टरप्राइजेज, इटहरी र धरानमा रोयल मोटर्स, जनकपुरमा नारायणी मोटर्स र चितवनमा यति अटोमोवाइल्स तथा बुलेट वाइक जोनमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

यसैगरी पोखरामा बुलेट ट्रेडर्स, वुटवलमा गैह्रे प्रतिस्ठान, दाङमा मेट्रो अटोवल्र्ड, सुर्खेतमा न:भ इन्टरप्राइजेज, गोरखामा निलभ अटो ट्रेडर्स र महेन्द्रनगरमा मल्ल मर्कन्टाइलमा सम्पर्क गर्न भनिएको छ । नयाँ बिक्रेताका रुपमा मे महिनादेखी कारोबार गर्न गैरहेको अल्फा अटोमोटिभले ग्राहकमा अन्योलता नहोस भनेर यी वर्कशपलाई आधिकारिक सर्भिससेन्टरका रुपमा मान्यता दिँदै यस्तो अनुरोध गरेको हो ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको लोकप्रिय बाइक हिमालयन अब अपडेट भर्सनमा

रोयल इन्फिल्डको लोकप्रिय बाइक हिमालयन अब अपडेट भर्सनमा

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय बाइक हिमालयनलाई ३ नयाँ रङमा अपडेट भर्सन...

थप पावरफुल इन्जिनसहित रोयल इन्फिल्ड हिमालयन ४५० लन्च हुने, टिजर सार्वजनिक

थप पावरफुल इन्जिनसहित रोयल इन्फिल्ड हिमालयन ४५० लन्च हुने, टिजर सार्वजनिक

रोयल इन्फिल्डले बहुप्रतीक्षित हिमालयन ४५० भारतीय बजारमा लन्च गर्ने तयारी...

रोयल इन्फिल्डका दुई शोरुमको औपचारिक शुभारम्भ हुँदै

रोयल इन्फिल्डका दुई शोरुमको औपचारिक शुभारम्भ हुँदै

काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्डको आधिकारिक वितरक बने पश्चात अल्फा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...