मोटरहेडको नौलो अफर : बाइक किन्दा १ लाख सम्म छुट, भाग्यशालीले २,०७,९०० पाउने

एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेडको नेपालको लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले नव वर्ष २०७९ लाई लक्षित गर्दै ‘स्क्र्याच एन्ड क्याच द क्यास’ नामक अफर सञ्चालनमा ल्याएको छ ।

उक्त अफर अन्तर्गत कम्पनीले यही चैत १५,२०७८ देखि ३१ वैशाख २०७९ सम्म मोटरहेडका बाइक खरिद गर्ने आफ्ना सम्पूर्ण ग्राहकहरुको लागि ७ हजार देखि १ लाख रुपैयाँ सम्म स्क्र्याच गरी छुट पाउन सकिने व्यवस्था लागू गरेको छ । अफर अवधिभर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली विजेतालाई २ लाख ७ हजार ९ सय प्रदान गरिनेछ ।

देशका मुख्य मुख्य ठाउँमा रहेका मोटरहेडका निजी तथा डिलर मातहतका शोरुमहरुमा यो अफर उपलब्ध रहनेछ । सिधै नगद छुट भन्दा यस प्रकारको स्क्र्याच अफरमा ग्राहकहरुको छुटै उत्साह रहने यथार्थतालाई मध्यनजर गर्दै कम्पनीले यस्तो अफर ल्याएको जानकारी गराएको छ ।

मोटरहेडको हाल ७ वटा विभिन्न परिमार्जित मोडलहरु रहेको र १७ वटा मुख्य सहरहरुमा सेल्स/सर्भिस/स्पेयरको सुविधा सहित डिलर रहेको छ । साथै बिक्री पछिको सेवालाई चुस्त दुरुस्त तुल्याउन कम्पनीले मुख्य मुख्य राजमार्गमा आधिकारिक मर्मत केन्द्रको पनि विस्तार गर्दै आएको छ ।

हाल मोटरहेडका बाइकहरु ३ लाख ५ हजार देखि शुरु भई अधिकतम ४ लाख ५५ हजार रुपैयाँ सम्मको मूल्यमा उपलब्ध छन् । सबैको पहुँचमा रहेको मोटरहेड वाइकको यही मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो बाइक मन पराइएको जानकारी कम्पनीले दाबी गरेको छ ।

ग्राहकसँगको सम्बन्धलाई अझ बढी नजिक बनाउन कम्पनीले बिक्रीमूलक कार्यक्रममा मात्र केन्द्रित नभई कस्टमर केयर डिपार्टमेन्ट पनि सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचारहरू

मोटरहेड एमएच १५० आर : डर्ट बाइकका लागि उत्कृष्ट ब्रान्ड, उत्कृष्ट मोडल

मोटरहेड एमएच १५० आर : डर्ट बाइकका लागि उत्कृष्ट ब्रान्ड, उत्कृष्ट मोडल

मोटरहेडका अन्य मोडलका साथै १५० सीसी सेगमेन्टमा रुचाइएको मोडल हो अपग्रेडेड...

कपनमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

कपनमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो...

धादिङको बैरेनिमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर

धादिङको बैरेनिमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर

मोटरहेड ब्राण्डको आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...