पेट्रोलको मूल्य १८० रुपैयाँसम्म पुग्न सक्ने, इलेक्ट्रिक स्कुटर बन्नसक्छ उचित बिकल्प

कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै गएको छ । त्यसमाथी रसियाले युक्रेनमा आक्रमण गरेपछि त झन् अन्तराष्र्टिय बजारमै हरेक दिनजसो यसको मूल्यमा उतावचढाब आइरहेको छ । अहिले नेपालमा एक लिटर पेट्रोलको मूल्य १५५ रुपैयाँ पुगिसकेको र यो मूल्यमा बिक्री गर्दासमेत प्रतिलिटर २८ रुपैयाँसम्म घाटा भएको आयल निगमले बताएको छ ।

आयल निगमले अहिले घाटा बेहोरेर नै सस्तो मूल्यमा पेट्रोल बिक्री गरिरहेका कारण उक्त मूल्यलाई गर्दै जाने क्रममा एक लिटर पेट्रोललाई उपभोक्ताले १८० रुपैयाँभन्दा बढी तिर्नुपर्ने हुन्छ । पेट्रोलको मूल्य बढेसँगै सवारीसाधनको सञ्चालन खर्च समेत बढ्ने र यसले उपभोक्तामा आर्थिक व्यायभार थप्ने निश्चित प्रायः बनेको छ ।

यस्तो परिस्थितिमा कतिपय उपभोक्तालाई इन्धनबाट चल्ने सवारीसाधनको विकल्पका बारेमा सोच्न बाध्य समेत पारेको छ । पेट्रोलको मूल्य बढ्दा सबैभन्दा बढी मार निम्न मध्यम आय भएका टु ह्विलर राइडरमा पर्ने देखिन्छ । गाडी चढ्ने हैसियत बनाएका उपभोक्ताहरु आर्थिक रुपले सम्पन्नशाली हुने हुँदा उनीहरुलाई थोरैमात्र रकमले वृद्धि भएको पेट्रोलको मूल्यले खासै असर नगर्ने भएपनि मोटरसाइकल र स्कुटर प्रयोग गर्ने अधिकांश कामकाजीका उपभोक्तालाई भने प्रत्यक्ष प्रभाव पार्ने देखिएको हो ।

यसरी पेट्रोलको मूल्य बढ्दै जाने हो भने उपभोक्तालाई ढिलोचाँडो विद्युतीय साधनमा जानैपर्ने बाध्यता आइपर्न सक्छ । जसका कारण इलेक्ट्रिक टु ह्विलरको माग बढ्दै जाने देखिन्छ । यसमा पनि स्कुटरको संभावना निकै राम्रो रहेको जानकारहरु बताउँछन् ।

सामान्यतया स्कुटरलाई सिटी राइडकै लागि भनेर निर्माण गरिएका कारण छोटो दुरीमा छिटो यात्रा गर्न सहज हुने साधनका रुपमा यसलाई लिने गरिन्छ । नेपालमा एउटा स्कुटरले दैनिक औसतमा ५० किलोमिटरभन्दा बढी यात्रा तय नगर्ने विभिन्न अध्ययनहरुले देखाएको छ ।

यति यात्रा तय गर्न डेढ लिटरसम्म पेट्रोल खर्च हुने गरेको पाइन्छ । जुन लागतको हिसावले २ सय रुपैयाँभन्दा बढी हो । तर इलेक्ट्रिक स्कुटरमा उक्त दुरीको यात्रा तय गर्न जम्मा २० रुपैयाँ पनि नलाग्ने यस्ता स्कुटर आयात गर्ने व्यवसायी बताउँछन् ।

घरमा उपलब्ध सामान्य प्लगबाटै ब्याट्री चार्ज गर्न मिल्ने विशेषताका कारण इलेक्ट्रिक स्कुटरमा चार्जिङको समस्या त्यति ठूलो रहेको पाइदैन । एकपटक फूल चार्ज गरेपछि १ सय किलोमिटरसम्म यात्रा गर्न सकिने हुँदा छोटो दुरीमा यात्रा तय गर्न कुनै चिन्ता गर्नुपर्ने समेत देखिँदैन ।

हाल बजारमा उपलब्ध केही यस्ता स्कुटरमा उत्पादक कम्पनीले अत्याधुनिक लिथियम आयोन ब्याट्री प्याक दिएका कारण ब्याट्री समेत लामो समयसम्म टिक्ने देखिन्छ । जसका कारण छोटो समयावधिमै ब्याट्री फेर्नु पर्ने समस्या समेत दुर भएको छ । यी र यस्ता विशेषताका कारण नेपालमा इलेक्ट्रिक स्कुटर पेट्रोलबाट चल्ने स्कुटरको राम्रो विकल्प बन्ने बन्न सक्ने देखिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...