डाउनपेमेन्ट नगरी इलेक्ट्रिक स्कुटर किन्न पाइने लेभनिङको नयाँ स्किम
लेभनिङ इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले नयाँ...
यो वर्ष धेरै कार कम्पनीहरूले इलेक्ट्रिक कार सेग्मेन्टमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । रेनोले यो वर्ष आफ्नो लोकप्रिय ह्याचब्याक क्विडको इलेक्ट्रिक भेरिएन्ट रेनो क्विड इलेक्ट्रिक लन्च गर्ने सम्भावना रहेको छ ।
सो इलेक्ट्रिक कार हालै ब्राजिलमा परीक्षणको समयमा देखिएको छ । हाल बजारमा उपलब्ध रेनो क्विड भन्दा यसमा केही कस्मेटिक परिवर्तन गरिएको देख्न सकिन्छ । यो कार दक्षिण अमेरिकी बजारमा छिट्टै लन्च हुने सम्भावना छ ।
गत वर्ष, रेनो क्विड इलेक्ट्रिकले युरोपेली देशहरूमा डेसिया स्प्रिङ ईभीको नामबाट विश्वव्यापी रूपमा डेब्यु गरेको थियो । केही देशहरूमा यसलाई क्विड ई–टेकको नाममा प्रस्तुत गरिएको छ । चीनमा यो सिटी के–जेडईको नामले बिक्री भइरहेको छ ।
गत वर्ष रेनो क्विड इलेक्ट्रिकको युरोपेली एनक्यापमा सेफ्टी परीक्षण गरिएको थियो, जसमा इलेक्ट्रिक ह्याचब्याकले १ स्टार मात्र पाएको थियो । मिडिया रिपोर्टका अनुसार रेनोले सो कार भारतीय बजारमा पनि लन्च गर्ने भएको छ । यद्यपि रेनो इण्डियाले क्विड इलेक्ट्रिकको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन । नेपालमा पनि भविष्यमा आउन सक्छ ।
रेनो क्विड इलेक्ट्रिकमा २६.८ केडब्ल्युएचको ब्याट्री प्याक जडान गरिएको छ, जसको रेन्ज २९० किलोमिटर प्रतिघन्टा हुन सक्छ । यो इलेक्ट्रिक कारले ४४ बीएचपी पावर र १२५ एनएम टर्क जेनेरेट गर्छ । रेनो क्विड इलेक्ट्रिकको टप स्पिड १२५ किलोमिटर प्रतिघन्टा हुनेछ ।
सो कार डिसी फास्ट चार्जरको मदतले मात्र आधा घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
लेभनिङ इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले नयाँ...
काठमाडौं – महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा...
ईभीको ब्याट्री हेल्थ वारेमा धेरैलाई चासो हुने गर्छ । विशेष गरी प्रयोगमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...