स्टक क्लियरेन्स गर्दै रनर, नयाँ लट २ महिनापछि आउने
बंगलादेशबाट आयात हुने रनर मोटरसाइकलको नयाँ लट दुई महिनापछि भित्रिने भएको...
नयाँ बर्षको सुरुवातसंगै नेपाली बजारमा अर्को नयाँ ब्रान्डको डर्ट वाइक भित्रिने भएको छ । -याप्टर ब्रान्डको यो मोटरसाइकललाई बिक्रेता कम्पनी एड्भेन्चर ह्विल्सले नेपालमै एसेम्वल गरी बिक्री गर्न लागेको हो ।
३०० सय सिसी क्षमतामा उपलब्ध हुने यी बाइक एल, आर र आरआर मोडलमा उपलब्ध हुने कम्पनीका संचालक उज्वल जिसीले बताएका छन् । उनका अनुसार यी वाइकमा पावरफुल इन्जिन जडान गरिनेछ । ‘हामीले ३ वर्ष लगाएर चाइनिज कम्पनीसंगको सहकार्यमा बिशेष प्रकारको इन्जिन विकास गरेका छौ । जुन यी नयाँ बाइकमा जडान गरिनेछ’ उनले भने ।
यी नयाँ बाइकलाई नेपालको बाटो सुहाँउदो हुने गरी विशेष प्रकारले डिजाइन गरिएको उनले बताए । उनी भन्छन्, ‘हाल बजारमा २५० सिसी सम्मका डर्ट बाइक मात्र उपलब्ध रहँदै आएका कारण हामीले ठूलो इन्जिन राखेर यो बाइक लन्च गर्न लागेका हौ । यो नेपाली बजारमा उपलब्ध ३ सय सिसी क्षमताका एकमात्र डर्ट बाइक हुनेछ । जसको पावर र टर्क समेत उच्च रहनेछ ।’
यी बाइकको मूल्य ७ लाख रुपैयाँदेखी शुरु हुनेछ । बाइकको तौल कम गर्न यसको च्यासिसमा गुणस्तरिय स्टिलको प्रयोग गरिएको छ । यी बाइकमा ह्वाइट पावर सस्पेन्स प्रयोग हुने र यो अफरोडका लागी एकदमै उपयोगी हुने बताइएको छ । लामो राइडमा जाने राइडरका लागि १४ लिटरको फ्युल ट्यांक अप्सनका रुपमा उपलब्ध हुने र डबल एक्जस्ट समेत अप्सनमा रहनेछ ।
बंगलादेशबाट आयात हुने रनर मोटरसाइकलको नयाँ लट दुई महिनापछि भित्रिने भएको...
क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड...
काठमाडौं – हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...