कसरी जल्यो इलेक्ट्रिक स्कुटर ? कम्पनीद्वारा छानविनको आश्वासन

ओला इलेक्ट्रिकले पुणेमा रहेको आफ्नो एस१ प्रो इलेक्ट्रिक स्कुटरमा भएको आगलागीको घटनाको छानबिन गर्ने आश्वासन दिएको छ । यो घटनाको भिडियो शनिबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ओलाको सो इलेक्ट्रिक स्कुटरमा अचानक आगो लागेको देख्न सकिन्छ ।

ओला इलेक्ट्रिक स्कुटरमा पहिलो पटक घटेको यो घटनाले इलेक्ट्रिक स्कुटरमा सुरक्षाको चिन्ता बढाएको छ । यस घटनापछि इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीसाधन उत्पादकले घटनाको विस्तृत अनुसन्धान गरी कारबाही गर्ने आश्वासन दिएका छन् । भिडियो भाइरल भएलगत्तै ओला इलेक्ट्रिकले विज्ञप्ति जारी गरेको छ ।

घटनामा प्रतिक्रिया दिँदै ओला इलेक्ट्रिकका सीईओ भाविश अग्रवालले सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भने, ‘हामी यसको छानबिन गर्दैछौं र यसलाई ठीक गर्नेछौं ।’ ओला इलेक्ट्रिकले एस१ प्रो इलेक्ट्रिक स्कुटरमा आगो लागेको ग्राहकको सम्पर्कमा रहेको पनि बताएको छ ।

ओला एस१ प्रो इलेक्ट्रिक स्कुटरमा ३.९७ केडब्ल्युएच लिथियम आयोन ब्याट्री रहेको छ । लिथियम–आयोन ब्याट्रीहरू, चाहे इलेक्ट्रिक सवारी साधनहरूमा प्रयोग गरुन् वा इलेक्ट्रोनिक उपकरणहरूमा, यदि तिनीहरू अनुचित रूपमा निर्माण वा क्षतिग्रस्त भएमा आगो लाग्ने सम्भावना हुन्छ । यदि ब्याट्री सञ्चालन गर्ने सफ्टवेयर सही रूपमा डिजाइन गरिएको छैन भने त्यहाँ अझै पनि खतरा रहन्छ ।

ओला एस१ प्रोमा दिइएको इलेक्ट्रिक मोटरले ८.५ केडल्युको पावर र ५८ एनएमको टर्क उत्पादन गर्छ । ओला इलेक्ट्रिकले एस१ प्रो आफ्नो सेग्मेन्टमा सबैभन्दा तीव्र गतिको स्कुटर भएको दाबी गरेको छ । यसको टप स्पिड ११५ किलोमिटर प्रति घन्टा र यसले ३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको गति लिन सक्छ ।

सम्बन्धित समाचारहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

बराल ग्रुपले ल्यायो वाडा अटो शो २०२५ को लागि आकर्षक अफरहरू

पोखरा – पोखरामा बराल ग्रुपअन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स प्रालि र...

‘लिपमोटरसँग १ दिन’ अभियानमार्फत टेस्ट ड्राइभको अनुभव पुनर्परिभाषित गर्दै सांग्रिला मोटर्स

‘लिपमोटरसँग १ दिन’ अभियानमार्फत टेस्ट ड्राइभको अनुभव पुनर्परिभाषित गर्दै सांग्रिला मोटर्स

काठमाडौँ – लिपमोटरले ग्राहकहरूको विद्युतीय सवारी अनुभव गर्ने तरिकालाई...

८ लाख भारुमा लन्च भयो एमजी कोमेट ईभी

८ लाख भारुमा लन्च भयो एमजी कोमेट ईभी

एमजीले भारतका लागि नयाँ इलेक्ट्रिक कार कोमेट ईभी लन्च गरेको छ । यसको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...