ललितपुर महानगरले सञ्चालनमा ल्यायो वातावरण भ्यान
ललितपुर–ललितपुर महानगरपालिकाले वातावरण भ्यान सञ्चालनमा ल्याएको छ ।...
बिद्युतिय साधनको लोकप्रियतासंगै यससंग जोडिएर आउने सुरक्षाले यस्ता साधन प्रयोग गर्ने ग्राहकमाझ थप चुनौती पेश गरिरहेको छ । इन्धनबाट चल्ने कम्वस्टन इन्जिनयुक्त साधनमा अभ्यस्त भैसकेका अधिकांश ग्राहकमा अझै पनि विद्युतिय गाडीमा प्रयोग गरिने व्याट्रीको सुरक्षलाई लिएर ढुक्क हुने अबस्था बनिसकेको पाइदैन ।
विद्युतिय गाडीको सबैभन्दा महत्वपूर्ण र संवेदनशिल अंग मानिने यसको व्याट्रीमा समस्या आउँदा बलेबखत ठुलै दुर्घटना समेत निम्तिने गरेका खबरहरु आइरहेका छन् । यसै क्रममा हालसालै मात्र भारतमा ओला ब्रान्डको इलेक्ट्रिक स्कुटरमा भएको आगजनीले इभी प्रयोगकर्तालाई थप सचेत बनाएको छ ।
भारतको पुनेमा रोकिराखेको ओला स्कुटरमा एकाएक आगलागी भएपछि अहिले यो घटनाले इलेक्ट्रिक स्कुटरमा प्रयोग हुने ब्याट्रीको सुरक्षलाई लिएर वहस भैरहेको छ । यस बिषयमा कम्पनीले बिस्तृत अध्यायन गरेर सत्यतथ्य बाहिर ल्याउने बताएपनि प्रारम्भिक अध्यायनका क्रममा ब्याट्रिकै समस्याका कारण घटना निम्तिएको हुनसक्ने बताइएको छ ।
ब्याट्री अत्याधिक मात्रामा तातेको खण्डमा यसले आगालागीको समस्या निम्ताउन सक्ने जानकारहरु बताउँछन् । इलेक्ट्रिकल सर्ट, छिटोछिटो डिसचार्ज हुने समस्या, चाहिनेभन्दा बढी मात्रामा चार्ज गर्नु, गलत चार्जरको प्रयोग गर्नु, डिजाइन कमजोर हुनु र पर्याप्त कुलिङ नहुँदा ब्याट्री छिट्टै तात्ने समस्या निम्तिन सक्ने देखिन्छ ।
ओलाको यो स्कुटरमा कम्पनीले निकेल म्याग्नेसिस कोव्याल्ट(एनएमसी) केमिलकयुक्त लिथियम आयोन ब्याट्रीको प्रयोग गरेको र यो पुरानो प्रबिधीमा आधारित भएका कारण सुरक्षित नभएको समेत टिप्पणी हुन थालेको छ । टेस्ला लगायत प्राय ठूला इभी उत्पादकले पछिल्लो समय लिथियम आइरन फस्फेट(एलएफपी) केमिकलयुक्त ब्याट्रीलाई प्रयोग गरिरहेका छन् । जुन एनएमसीको तुलनमा सुरक्षित र उच्च तापक्रम बहन गर्नसक्ने क्षमतायुक्त मानिन्छन् ।
ललितपुर–ललितपुर महानगरपालिकाले वातावरण भ्यान सञ्चालनमा ल्याएको छ ।...
काठमाडौं – नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु...
चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीको नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...