सकियो नेपाल रेसर कप, राजकुमार र सन्दीप बने विजेता

काठमाडौं – धुलिखेलको हिमालयन मोटरल्यान्डमा नेपाल रेसर कप २०२२ सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिता आज सम्पन्न भएको हो ।

आज सम्पन्न फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे ।

त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भिम होनाले क्रमशः दोस्रो तर तेस्रो स्थान हासिल गरे ।

विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने, सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए ।

भिडोल लुब्रिकेन्टको मुख्य प्रायोजन रहेको सो प्रतियोगिता अन्तर्गत दुई क्याटागोरीमा प्रतियोगिता सम्पन्न भएको थियो । लकडाउन पश्चात पहिलो पटक राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक रुपमा राइडरहरुको सहभागिता रहेको थियो ।

गत बिहीबार देखि प्रतियोगिता प्रारम्भ भई आज यसको फाइनल प्रतियोगिता सम्पन्न भएको हो ।

नेपाल रेसर कपलाई बेनेली मोटरसाइकलका साथै भिडोल, क्यास्ट्रोल, पेट्रोनस, गल्फलगायतका लुब्रिकेन्ट एवं इक्विपमेन्ट आयातकर्ता हिट्को प्रालिले प्रायोजन गरेका छन् ।

हिमालयन मोटरल्यान्डको मुख्य प्रायोजकको रुपमा गल्फ लुब्रिकेन्ट रहेको छ ।

सम्बन्धित समाचारहरू

सातौ ग्लोबल रोड सेफ्टी विकको शुभारम्भ, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरिने

सातौ ग्लोबल रोड सेफ्टी विकको शुभारम्भ, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरिने

काठमाडौं – सातौ ग्लोबल रोड सेफ्टी विक (मे १५–२१) को शुरुवात आज नेपालमा समेत...

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को राउन्ड ४ सम्पन्न, यी हुन् विजयी राइडर

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को राउन्ड ४ सम्पन्न, यी हुन् विजयी राइडर

काठमाडौं नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२५ को राउन्ड ४ सम्पन्न भएको छ ।...

एमएमएससी नेपाल टीभीएस रेसिङ सम्पन्न, श्रीहरि पौडेलको शानदार जित

एमएमएससी नेपाल टीभीएस रेसिङ सम्पन्न, श्रीहरि पौडेलको शानदार जित

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...