होन्डाले पुरा गर्यो ३० लाख मोटरसाइकल र स्कुटर निर्यातको माइलस्टोन

होन्डा इन्डिायले ३० लाख मोटरसाइकल र स्कुटर निर्यातको माइलस्टोन पुरा गरेको छ । सन् २००१ मा एक्टिभा स्कुटरको निर्यातदेखी सुरु भएको यो यात्रा २१ वर्ष पुराहुँदा यति धेरै संख्यामा टु ह्विलर निर्यात गर्न सफल भएको कम्पनीले जनाएको छ ।

होन्डाले एक्टिभा र डियो स्कुटर सहित कुल १८ मोडलका वाइक निर्यात गर्दै आइरहेको छ । भारतको दोस्रो ठूलो टु ह्विलर उत्पादकका रुपमा स्थापित यो ब्रान्डले उत्पादन थालेको १६ बर्षभित्र जम्मा १५ लाख युनिट वाइकमात्र निर्यात गर्न सफल भएको थियो । अन्तराष्ट्र्रिय बजारमा समेत यी बाइकको माग बढ्दै गएपछि उसले पछिल्लो ५ बर्षमा अर्को १५ लाख युनिट निर्यात गरेको हो ।

भारतमा उत्पादन हुने यी बाइक र स्कुटरलाई होन्डाले अमेरिका, जापान र युरोपसहित विश्वका २९ भन्दा बढी राष्ट्रमा निर्यात गरिरहेको छ । होन्डाको भारतमा अहिले ४ वटा उत्पादन युनिट रहेका छन् ।

नेपाली बजारमा समेत निकै नै लोकप्रिय मानिने यो ब्रान्डको टु ह्विलर वार्षिक ५० हजार भन्दा माथी संख्यामा आयत भैरहेको छ ।

सम्बन्धित समाचारहरू

हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड

हिरोलाई पछि पार्दै होन्डा बन्यो भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड

काठमाडौं– विगत लामो समयदेखी भारतको नम्वर–१ दुई पाङ्ग्रे ब्रान्ड रहँदै...

सरल फाइनान्स अन्तर्गत यी तीन विकल्पमा लिन सकिन्छ होन्डा ग्राजिया, यस्तो छ फिचर्स

सरल फाइनान्स अन्तर्गत यी तीन विकल्पमा लिन सकिन्छ होन्डा ग्राजिया, यस्तो छ फिचर्स

होन्डा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...

९ हजार रुपैयाँ सम्म बढ्यो होन्डा मोटरसाइकल र स्कुटरको मूल्य

९ हजार रुपैयाँ सम्म बढ्यो होन्डा मोटरसाइकल र स्कुटरको मूल्य

काठमाडौं – नेपालमा होन्डा मोटरसाइकल र स्कुटरको मूल्य बढेको छ । होन्डाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...