होन्डा र मित्सुबिसीको सहकार्य, २०२८ मा नयाँ पिकअप सार्वजनिक हुने
काठमाडौं–जापानी अटो निर्माता होन्डाले मित्सुबिसी ट्राइटनमा आधारित नयाँ...
इभेन्ट म्यानेजमेन्ट कम्पनी ह्वाइट ह्याट इभेन्ट्स एण्ड फोटोग्राफीले सम्पूर्ण नेपाली मोटरसाइकल पारखीहरूको लागि मोटरसाइकल लाइफस्टाइल इभेन्ट आयोजना गर्ने भएको छ ।
वैशाख २२ गतेदेखि २५ गतेसम्म छायाँ सेन्टर ठमेलमा आयोजना हुने उक्त मोटो फेस्टमा नेपालका विभिन्न प्रतिष्ठित टू व्हिलर ब्रान्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शनमा राख्ने बताइएको छ । यो एक असाधारण र रोमाञ्चक इभेन्ट हुने आयोजकको भनाई छ ।
इभेन्टमा विभिन्न ब्राण्डका मोटरसाइकलको समेत स्टल रहने र ती स्टलबाट पारखीहरुले आफूलाई मनपर्ने मोटरसाइकल खरिद वा बुकिङ्ग गर्न समेत सक्नेछन् । साथै एक्सेसरिज, खाना र पेय पदार्थहरुको समेत स्टर रहने बताइएको छ । इभेन्टलाई रोमाञ्चक बनाउन चर्चित नेपाली कलाकार सविन राई एन्ड द फारो, मुक्ति एन्ड रिभाइभलको कन्सर्ट समेत आयोजना हुनेछ ।
यस प्रकारको इभेन्ट नेपालमा पहिलोपटक अयोजना हुन लागेको र आगामी बर्षहरुमा पनि निरन्तरता दिइने आयोजक कम्पनीको भनाई छ ।
।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...