पारामाउन्ट मोटर्सले ग्राहकलाई भन्यो ‘गाडी दिन सक्दैनौ, बुकिङ बापतको रकम फिर्ता लिनु’

एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले जेडएस इभीको फेसलिफ्ट मोडल बुकिङ लिने ग्राहकलाई समयमै गाडी दिन नसक्ने बताएको छ । चीनमा कोभीड संक्रमणको दर बढेको र यसले नेपाल आउने गाडीको आयतमा असर गरेको भन्दै हाल बुकिङ लिएका ग्राहकलाई समयमै डेलिभरी दिन नसक्ने हँदा बुकिङ रद्ध गर्न चाहने ग्राहकलाई पैसा फिर्ता लिन उसले अनुरोध गरेको छ । बुकिङ रद्ध गर्न नचाहने ग्राहकले भने गाडी नआउन्जेल कुर्न सक्ने समेत उसको भनाई छ ।

केही समयअघि नेपाल भित्रिएको जेडएस इभीको फेसलिफ्ट मोडलमा ग्राहकले अत्याधिक रुची देखाउँदै यो गाडी बुकिङ लिएका थिए । ५०० भन्दा बढी गाडी बुकिङ भैसक्दा पनि यो गाडीमा आकर्षण बढेपछि कम्पनीले यसको बुकिङ नै रद्ध गर्नु परेको थियो ।

चीनमा कोभिड संक्रमण बढ्न थालेको कारण यसले नेपाल आउने गाडीको आयतमा असर गर्ने देखिएपछि कम्तिमा पनि २ महिनाअघि कुनैपनि ग्राहकलाई गाडी डेलिभरी दिन नसक्ने पारामाउन्ट स्रोतले बताएको छ । गाडी डेलभरी दिन नसक्ने भएपछि कम्पनीले ग्राहकलाई म्यासेज पठाएर यसबारे जानकारी समेत गराएको छ ।

ग्राहकबाट हामीलाई प्राप्त कम्पनीले पठाएको म्यासेजमा लेखिएको छ,‘ हामी यहाँहरुलाई जानकारी गराउन चाहन्छौ कि, चीनमा कोभिड संक्रमण बढ्न थालेका कारण नेपालमा यो गाडीको बुकिङ लिने ग्राहकलाई डेलिभरी दिन समय लाग्ने देखिएको छ । यस्तो परिस्थितीमा यदि यहाँहरुले बुकिङ रद्ध गर्न चाहनु हुन्छ भने बुकिङ वापत भुक्तानी गरेको रकम फिर्ता लिन सक्नुहुनेछ । गाडी नआउन्जेलसम्म कुर्न चाहनुहुन्छ भने बुकिङलाई कायमै राख्न समेत सक्नुहनेछ । यो परिस्थितीबाट ग्राहकबर्गमा पर्न गएको असुबिधाप्रति हामी क्षमाप्रर्थी छौ ।’

हाल बुकिङ लिएर बसेका ग्राहकलाई २०७९ साल असार महिनाभित्र डेलिभरी दिइसक्ने बाचा गरेको कम्पनीले मूल्य बढाउन यसो गरेको भन्दै केही ग्राहकले आक्रोश समेत ब्यक्त गरेका छन् ।

‘बुकिङ लिँदाखेरी नै कम्पनीले हामीलाई कम्तिमा ३ महिनासम्म लाग्ने जानकारी गराएको थियो । सोही तयारीका साथ हामीले बुकिङ लिएका हौ । तर अहिले बुकिङ लिएको गाडी डेलिभरी दिन सक्दैनौ फैसा फिर्ता लिएर जानु भन्ने आशयको म्यासेज आउँदा कम्पनीले बद्मासी गर्न खोजेको प्रष्ट हुन्छ । कम्पनीको यस्तो व्यवाहरले अहिले लिएको बुकिङ सबै रद्ध गराएर बढी मूल्यमा नयाँ बुकिङ लिन खोजेको हुनसक्ने हामीले आशंका गरेका छौ’ एक ग्राहकले नेपालअटो संग भने ।

सम्बन्धित समाचारहरू

अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत

अटो एक्सपो २०२५ मा जेएसडब्ल्यू एमजीको साइबरस्टर इलेक्ट्रिक सुपर कार प्रस्तुत

जेएसडब्ल्यू एमजीले भारतीय बजारमा नयाँ गाडीको रूपमा एमजी साइबरस्टर...

५०० किलोमिटर रेन्ज दिने एमजी साइबरस्टर लन्च हुने

५०० किलोमिटर रेन्ज दिने एमजी साइबरस्टर लन्च हुने

भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आयोजना हुन लागेको छ। यसमा १०० भन्दा बढी...

सेमी सोलिड स्टेट ब्याट्रीमा आयो नयाँ एमजी४, मूल्य १० हजार डलरभन्दा कम

सेमी सोलिड स्टेट ब्याट्रीमा आयो नयाँ एमजी४, मूल्य १० हजार डलरभन्दा कम

एमजीले आफ्नो लोकप्रिय विद्युतीय ह्याचब्याक कार एमजी४ को नयाँ भर्सन लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...