रोयल इन्फिल्ड मोटरसाइकल अब त्रिवेणी ग्रुपले बिक्री गर्ने, दुगड ग्रुपको वहिर्गमन

काठमाडौं – नेपाली बजारमा लामो समय देखि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरकको रुपमा रहेको दुगड ग्रुपको अधिकार खोसिएको छ । अब त्रिवेणी ग्रुपले नेपालमा रोयल इन्फिल्ड मोटरसाइकल बिक्री–वितरण गर्नेछ ।

त्रिवेणी ग्रुपका डाइरेक्टर हर्ष संघाईले अब यसका लागि सम्पूर्ण तयारी थालिएको बताए । उनका अनुसार रोयल इन्फिल्ड ब्रान्डलाई न्याय दिलाउने गरी नेपालभर डिलरसिप विस्तार गरेर आगामी दिनमा कार्य गरिने छ ।

त्रिवेणी ग्रुप पहिलो पटक अटोमोबाइल व्यवसायमा प्रवेश गर्न लागेको हो । यो भन्दा पहिले यो ग्रुपले उत्पादन, ट्रेडिङ, बैंकिङ तथा इन्स्योरेन्स, ऊर्जा, रिटेल, मनोरन्जन तथा टुरिजम, कृषि लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

हाल सम्म दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्ड मोटरसाइकल बिक्री–वितरण गरिरहेको थियो । सन् १९७२ देखि विभिन्न ब्रान्ड बिक्री वितरण गर्दै आएको एमभी दुगड ग्रुपले महिन्द्राका कमर्सियल भेइकल, अमेरिकन ट्याक्टर ब्रान्ड जोन डियर तथा पियाजीयोको थ्री ह्विलर एवं भेस्पा र अप्रिलिया स्कुटर समेत बिक्री–वितरण गरिरहेको छ ।

नेपाली बजारमा बुलेट बाइकको रुपमा परिचित यो ब्रान्डका मोटरसाइकल फरक लुक र आकर्षक फिचरका कारण धेरैले रुचाउने मोटरसाइकल ब्रान्ड हो ।

नेपाली बजारमा क्लासिक ३५० सबैभन्दा बढी रुचाइएको बाइक हो । यसको मूल्य ५ लाख ४८ हजार देखि ६ लाख ४५ हजार रुपैयाँ सम्म छ । त्यसैगरी केही समय पहिले भित्रिएको मेटियर ३५० को मूल्य ६ लाख ६८ हजार देखि ७ लाख १४ हजार सम्म छ । रोयल इन्फिल्ड हिमालयनको मूल्य ८ लाख ९८ हजार र इन्टरसेप्टर ६५० को मूल्य १२ लाख ४९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड मोटरसाइकल अब नेपालमै बन्ने घोषणा

रोयल इन्फिल्ड मोटरसाइकल अब नेपालमै बन्ने घोषणा

काठमाडौं – विश्व प्रसिद्ध मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डको उत्पादन अब...

यी १६ वर्कशपले पाए रोयल इन्फिल्डको नयाँ डिलरबाट आधिकारिक सर्भिस सेन्टरको मान्यता

यी १६ वर्कशपले पाए रोयल इन्फिल्डको नयाँ डिलरबाट आधिकारिक सर्भिस सेन्टरको मान्यता

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी नवनियुक्त विक्रेता अल्फा...

यस्ता छन् हन्टर ३५० का ५ विशेषता

यस्ता छन् हन्टर ३५० का ५ विशेषता

रोयल इन्फिल्डले लगभग २ लाख ३९ हजार मूल्यमा हन्टर ३५० लन्च गरेको छ । यसको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...