नयाँ वर्षसँगै नेपाली बजारमा पहिलो इलेक्ट्रिक क्रुजर बाइक भित्रिदै : खुल्यो प्रि–बुकिङ

काठमाडौं – भारतीय बजारमा केही समय अघि मात्र लन्च भएको इलेक्ट्रिक बाइक कोमाकी रेन्जर नेपाली बजारमा पनि भित्रिने भएको छ । हाल कोमाकीका इलेक्ट्रिक स्कुटर भित्र्याइसकेको युनिटी ट्रेडिङ कन्सर्नले अब बाइक समेत भित्र्याउने बताएको छ ।

क्लासिक क्रुजर स्टाइलको यो बाइक नेपाली बजारका लागि नौलो हुनेछ । सिंगल चार्जमा १८० किलोमिटर रेन्ज दिने बताइएको सो बाइकको मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । यद्यपि यसमा विभिन्न छुटहरु समेत उपलब्ध हुनेछ ।

हाल यसको प्रि–बुकिङ खुलेको छ । युनिटी ट्रेडिङ कन्सर्नका म्यानेजर उमेश अधिकारीका अनुसार बुकिङ लिए पश्चात सो बाइक आगामी बैशाखको पहिलो साता देखि ग्राहकलाई डेलिभरी गरिने छ ।

कोमाकी रेन्जरको आकर्षक लुक, अमेजिङ ब्यालेन्स, स्मुथ राइड र एक्सट्रा अडिनरी फिचरका कारण यो अन्य भन्दा फरक भएको कम्पनीको भनाइ छ । यसमा भएको डबल डिस्क ब्रेक, आईसी इन्जिनकै बाइकमा भए जत्तिकै पावर ब्याकअप र सुपेरियर सस्पेन्सनले बाइकलाई पावरफुल बनाएको छ ।

कम्फर्टेबल सिटिङ, इन्क्लुसिभ ड्युअल स्टोरेज स्पेस, ड्युअल प्यासेन्जर फुटरेस्ट, एलईडी र थप विभिन्न हेडल्याम्प आदिले यो बाइकलाई आरामदायी बनाएको छ । त्यसैगरी यो बाइकमा रियर प्रोटेक्सन गार्ड, रियर टेलल्याम्प गार्ड र रियर ब्याक रेस्ट, फ्रन्ट बडी गार्ड, साइड स्ट्यान्ड सेन्सर, मोबाइल चार्जिङ युनिट, फ्लेम इफेक्ट सहितको ड्युअल साउन्ड पाइप, ट्रिपल हेडल्याम्प, साउन्ड सिस्टमसहितको ब्लुटुथ, गियर मोड, रिभर्स र क्रुज कन्ट्रोल आदि विभिन्न विशेषता यसमा पाउन सकिन्छ ।

यी वाहेक यो बाइकमा रिमोटबाटै लक गर्न सकिने सुविधा, डिस्क ब्रेक, सेल्फ डायग्नोसिस, टेलिस्कोपिक सकर, रिजेनेरेटिभ ब्रेकिङ, एन्टी थेफ्ट लक, अपराइड राइडिङ पोजिसन, प्यासेन्जर सिट, स्याडलब्याग्स, फोर्क माउन्टेड फेयरिङ र साइड स्ट्यान्ड सेन्सर जस्ता आकर्षक फिचर छन् ।

कोमाकी रेन्जरमा ४ हजार वाटको मोटर र ८० एम्पियरको कन्ट्रोलर छ । यसमा ७२ भोल्ट ५० एएचको लिथियम आयोन ब्याट्री छ, जसलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक स्कुटरमा २५ हजार छुट सहित डबल हेल्मेटको अनौठो अफर

इलेक्ट्रिक स्कुटरमा २५ हजार छुट सहित डबल हेल्मेटको अनौठो अफर

काठमाडौं – नेपाली नयाँ वर्ष २०८० लाई लक्ष्यित गर्दै जम्बो इको भेइकल...

प्योर इभीको ईट्रिस्ट ३५० मोटरसाइकल नेपाल आउने, रेन्ज १४० किलोमिटरसम्म

प्योर इभीको ईट्रिस्ट ३५० मोटरसाइकल नेपाल आउने, रेन्ज १४० किलोमिटरसम्म

प्योर इभीको नयाँ इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ । ८ महिनाअघि...

वाडा अटो शो २०२५ मा बीवाईडीकाे अफर

वाडा अटो शो २०२५ मा बीवाईडीकाे अफर

पोखरा – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...