मोटर -यालीमा सहभागी हुन महिलाहरुलाई टोयोटा नेपालको आह्वान
काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...
कोरियन अटो निर्माता साङयोङको ‘अल न्यू’ मुसो ग्रान्ड पिकअप नेपाल आउने भएको छ । नेपालका लागि आधिकारिक बितरक आइएमएस मोटर्सले यो पिकअपको मूल्य ८५ लाख रुपैयाँ निर्धारण गरेर बुकिङ समेत खुल्ला गरिसकेको छ ।
यो पिकअपमा कम्पनीले १ लाख ५० हजार रुपैयाँ बराबरको एसेसोरिज निशुल्क तथा ८५ हजार रुपैयाँको इन्सुरेन्स र १ लाख रुपैयाँ नगद छुट दिने बताएको छ । साथै अप्रिल १३ गतेभित्र बुकिङ लिइसक्ने ग्राहकले अग्रिम बुकिङ वापत १ लाख रुपैयाँ अतिरिक्त छुट समेत पाइने कम्पनी स्रोतको भनाई छ ।
यो नयाँ पिकअपमा २.२ लिटर, ४ सिलिन्डर, इन्लाइन डिजेल इन्जिन जडान गरिएको छ । जुन यूरो ६ मापदन्डको हो । अधिकतम पावर १८१ पिएस र टर्क ४०० एनएम रहेको यो पिकअपको ग्राउन्ड क्लिरियन्स २२५ एमएम र ह्विलबेश ३२१० एमएम रहेको छ । ६ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको यो गाडीमा फोर ह्विल ड्राइभको मज्जा लिन सकिनेछ ।
यसको एक्सटेरियर भागमा क्वाड एलइडी फग ल्याम्प सहितको एचआइडी हेडल्याम्प, क्रोम्ड रेडियटर ग्रिल, व्ल्याक्ड आउट डोर ह्यान्डल, रुफ रेल, सार्क फिन एन्टिना र स्टाइलिस एलोई ह्विल्सलाई आकर्षक तवरबाट समायोजन गरिएको छ । जसले यो पिकअपको लुक्स तथा डिजाइनलाई बोल्ड देखाउन मद्धत गरेको छ । १२६२ लिटर कार्गो स्पेस दिइएको यो पिकअपले ७ सय किलोसम्मको वजन बोक्न सक्ने दाबी गरिएको छ ।
बिलासी कारमा जस्तै यसको क्याबिनमा प्रिमिय लेदर सिट, ७ इन्चको एलसिडी क्लस्टर सहितको हाइड्रोलिक पावर स्टेरिङ सेटअप र ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । फिचर्सको कुरा गर्नुपर्दा यसमा डुअल जोन टेम्प्रेचर कन्ट्रोल, इलेक्ट्रोनिक क्रुज कन्ट्रोल, अटो लाइट कन्ट्रोल, रिमोट किलेस इन्ट्रि सिस्टम, युएसबी एन्ड एयुएक्स, ८ र ६ तवरमा एड्जस्ट गर्न मिल्ने ड्राइभर सिट र को–ड्राइभर सिट, भेन्टिलिटेड फ्रन्ट सिट र रेस सेन्सिङ वाइपर उपलब्ध गराइएको छ ।
सुरक्षका लागी यसमा ६ वटा एयर ब्याग, ट्रयाक्सन कन्ट्रोल सहितको इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, अटोनोमस इमर्जेन्सि ब्रेकिङ, लकिङ डिफ्रेन्सियल, हिल स्टार्ट एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, इमर्जेन्सि स्टप सिग्नल र लेन चेन्ज कोलिजन वार्निङ लगायत अन्य प्रशस्तै फिचर्स दिइएको छ । नेपाली बजारमा हाल कारोबार भैरहेका प्राय सबैजसो प्रिमियम रेन्जका पिकअपसंग यसले प्रतिस्पर्धा गर्न सक्ने देखिएको छ ।
काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...
टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...
जापानको कार निर्माता कम्पनी टोयोटा हालै विश्वको सबैभन्दा ठुलो कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...