सवारी उद्योगमा लोकप्रिय बन्दै ओटीए प्रविधि
विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन...
टोयोटाले नयाँ जेनेरेसन ग्लान्जा लन्च गरेको छ । नयाँ टोयोटा ग्लान्जा प्रिमियम ह्याचब्याक कारको मूल्य ६ लाख ३९ हजार देखि ९ लाख ६९ हजार भारुसम्म तोकिएको छ । सो कार नयाँ मारुती सुजुकी बलेनोमा आधारित छ । सो कार ४ भेरिएन्ट ई, एस, जी र भीमा लन्च गरिएको छ, जसले हुन्डाई आई२० र होन्डा ज्याज जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ ।
यो ह्याचब्याक कार किन्न चाहने ग्राहकले ११ हजार भारु तिरेर बुक गर्न सक्नेछन् । नयाँ ग्लान्जा सबैभन्दा सस्तो कारको रुपमा भारतमा लन्च गरिएको छ । टोयोटा ग्लान्जा मारुती सुजुकी बलेनोको रिब्याज गरिएको भर्सन हो । प्रिमियम ह्याचब्याक कैयौं फिचर र नयाँ लुक र स्टाइलमा उपलब्ध छ ।
टोयोटा ग्लान्जा ई
टोयोटा ग्लान्जा ई प्रिमियम ह्याचब्याकको बेस भेरिएन्ट हो, जसको मूल्य ६ लाख ३९ हजार भारु छ । ग्लान्जा ई म्यानुअल गियरबक्समा मात्र उपलब्ध छ । कारको फ्रन्ट बम्परमा कार्बन फाइबर टेक्सचर्ड इलिमेन्ट, बडी कलरका बम्पर, फुल ह्विल क्याप्ससहितको १५ इन्चको स्टिल ह्विल, हेलोजन ल्याम्प, एलईडी टेललाइट, ब्ल्याक ओआरभीएम र डोर ह्यान्डल जस्ता फिचर रहेको छ ।
यसमा ड्युअल टोन थिम, इन्स्ट्रयुमेन्ट क्लस्टरमा मोनोक्रोम टीएफटी डिस्प्ले, म्यानुअल ओआरभीएम, रिभर्स पार्किङ सेन्सर, गियरसिफ्ट इन्डिकेटर, रियर डिफोगर जस्ता फिचर छन् । सेफ्टी फिचरमा ड्युअल फ्रन्ट एयरब्याग, ईबीडीको साथमा एबीएस, स्पिड सेन्सिङ, डोर लक, इन्जिन इमोबिलाइजर, फोर्स लिमिटरसहितको फ्रन्ट सिटबेल्ट प्रि–टेन्सनर्स, आइसोफिक्स एन्कोरेज र चाइल्ड–प्रुफ रियर डोर लकहरु समावेश छन् ।
टोयोटा ग्लान्जा एस
टोयोटा ग्लान्जा एस बेस मोडेल भन्दा माथि राखिएको छ र यसको मूल्य म्यानुअल भेरिएन्टको लागि ७ लाख २९ हजार र एएमटी भेरिएन्टको लागि ७ लाख ७९ हजार भारु तोकिएको छ । ग्लान्जा एसमा ई भेरिएन्टमा पाइने सबै फिचरहरू समावेश छन् ।
टोयोटा ग्लान्जा जी
टोयोटा ग्लान्जा जी म्यानुअल र एएमटी गियरबक्समा उपलब्ध छ । यसको एमटीको भेरिएन्टको मूल्य ८ लाख २४ हजार र एएमटी भेरिएन्टको मूल्य ८ लाख ४७ हजार भारु तोकिएको छ । सो भेरियन्टमा एलईडी प्रोजेक्टर ल्याम्प, ओआरभीएम इन्टिग्रेटेड एलईडी टर्न इन्डिकेटर्स, रियर वाइपर, बडी कलर्ड ओआरभीएम, क्रोम डोर ह्यान्डल, फ्लोटिङ रुफ डिजाइनको साथमा कालो रङको पिलर्स उपलब्ध छ ।
यसको क्याबिनको इन्स्ट्रयुमेन्ट क्लस्टरमा ४.२ इन्च कलर टीएफटी डिस्प्ले, १७.७८ सेमी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, २ ट्वीटर, टोयोटा आई–कनेक्ट, इलेक्ट्रिक एडजस्टेबल ओआरभीएम, पुश स्टार्ट बटन, रिभर्स पार्किङ क्यामेरा, स्टेयरिङ माउन्टेड कन्ट्रोल बटन, एसी, रियर एसी भेन्ट्स, रियर फास्ट चार्जिङ युएसबी पोर्ट उपलब्ध छ । सेफ्टी फिचरमा भेहिकल स्टेबिलिटी कन्ट्रोल र एएमटी मोडेलको लागि हिल होल्ड कन्ट्रोल, फ्रन्ट साइड र कर्टेन एयरब्यागहरू समावेश छन् ।
टोयोटा ग्लान्जा भी
टोयोटा ग्लान्जा भी ह्याचब्याकको टप–एन्ड मोडेल हो र म्यानुअल तथा एएमटी गियरबक्स दुबै विकल्पमा उपलब्ध छ । म्यानुअल र एएमटी भेरिएन्टको मूल्य क्रमशः ९ लाख १९ हजार र ९ लाख ६९ हजार भारु छ । यसमा १६ इन्चको अलोय ह्विल, एलईडी फगल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, यूभी प्रोटेक्टेड ग्लास फिचर समावेश छन् । यसको क्याबिनमा २२.८६ सेमी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एम प्रिमियम अर्कामिस साउन्ड सिस्टम, हेड्स–अप डिस्प्ले, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।
भविष्यमा यो कार नेपाली बजारमा पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
विश्व अटोमोबाइल उद्योग तीव्र रुपमा सफ्टवेयरद्वारा संचालित सवारी साधन...
टोयोटा मोटर्सले नयाँ अफरोड एसयूभीको विकासमा तिब्रता दिइरहेको पेटेन्ट...
टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...