पहिलो हाइड्रोजन कार टोयोटा मिराई सार्वजनिक

टोयोटा किर्लोस्करले भारतमा पहिलो हाइड्रोजन इलेक्ट्रिक कार मिराई सार्वजनिक गरेको छ । टोयोटा मिराई एफसीईभी विश्वको पहिलो हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक कार मध्ये एक हो र यो शुद्ध हाइड्रोजनबाट बनेको इलेक्ट्रिक कार हो ।

टोयोटा मिराईले टेलपाइपबाट पानीको मात्र उत्सर्जन गर्ने हुनाले यसलाई शून्य उत्सर्जन कार मानिन्छ । टोयोटाले यसलाई इन्टरनेसनल सेन्टर फर अटोमोटिभ टेक्नोलोजीको साथ भारतमा पाइलट प्रोजेक्टको एक हिस्साको रूपमा लन्च गरेको हो ।

टोयोटा मिराई एफसीईभी कर्नाटकको टोयोटा किर्लोस्कर मोटर्सको प्लान्टमा निर्माण गरिने जनाइएको छ । यसलाई सन् २०२० को डिसेम्बरमा पहिलो पटक विश्वसामु पेश गरिएको थियो । यो फुल ट्याङ्कीमा ६४६ किलोमिटरसम्म चल्ने दाबी गरिएको छ ।

कम्पनीले पेट्रोल र डिजेलको माग घटाउन र प्रदूषण रोक्न यो पाइलट प्रोजेक्ट सुरु गरेको हो । यसका लागि भारत सरकारले इलेक्ट्रिक सवारी साधनको साथै पेट्रोल र डिजेलको समाधानका लागि हाइड्रोजन फ्युल बिक्रीलाई पनि जोड दिइरहेको छ । यो पाइलट प्रोजेक्टमा सडक र हावामा सवारी चलाएर मिराईको परीक्षण गरिनेछ ।

टोयोटा मिराई एफसीईभी सेडानमा उच्च प्रेशर हाइड्रोजन फ्युल ट्याङ्की र इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसको इन्जिनले पानी र अक्सिजनलाई हाइड्रोजनबाट अलग गर्छ र त्यसबाट ऊर्जा परिवर्तन गर्छ । यो कारले ग्याँसको सट्टामा साइलेन्सरबाट पानीलाई निकाल्छ ।

सम्बन्धित समाचारहरू

यारिस, कोरोल्ला र इकोमा निःशुल्क एयरब्याग परिवर्तन हुँदै : सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह

यारिस, कोरोल्ला र इकोमा निःशुल्क एयरब्याग परिवर्तन हुँदै : सर्भिस सेन्टरमा सम्पर्क गर्न आग्रह

काठमाडौं – तपाईसँग सन् २००६ देखि २०१० सम्म बनेका टोयोटाका यारिस, कोरोल्ला र...

मर्सिडिज बेन्जलाई पछि पार्दै टोयोटा बन्यो विश्वकै मूल्यवान कार ब्रान्ड

मर्सिडिज बेन्जलाई पछि पार्दै टोयोटा बन्यो विश्वकै मूल्यवान कार ब्रान्ड

विश्वको सबैभन्दा मूल्यवान अटोमोबाइल कम्पनी टोयोटा बनेको छ । यो भन्दा...

भारतीय प्रधानमन्त्री मोदीको नयाँ कार : १२ करोड भारुको मर्सिडिज मेब्याक एस ६५० गार्ड

भारतीय प्रधानमन्त्री मोदीको नयाँ कार : १२ करोड भारुको मर्सिडिज मेब्याक एस ६५० गार्ड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हालै दिल्लीको हैदरावाद हाउसमा नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...