बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक भएको छ । चीनमा प्रत्येक कार निर्माता कम्पनीले नयाँ कार लन्च गर्नु पहिले सरकारी निकायबाट स्वीकृति लिनुपर्छ र यस सम्बन्धी सूची प्रत्येक महिना सार्वजनिक गरिन्छ । सो सूचीमा तस्बिर र बेसिक स्पेक समावेश गरिन्छ । सोही सूचीमा बीवाईडी सील समेत समावेश गरिएको हो ।

चीनको मिनिस्ट्री अफ इन्डष्ट्री एन्ड इन्फर्मेसन टेक्नोलोजीले सार्वजनिक गरेको तस्बिर अनुसार यसको डिजाइन बीवाईडी हान र बीवाईडी डल्फिनबाट प्रभावित भएको देखिन्छ । चाइनिज सञ्चार माध्यमहरुका अनुसार बीवाईडी सील ओसन सिरिजमा आधारित छ र ई–प्लेटफर्म ३.० मा आधारित छ । यही प्लेटफर्म बीवाईडीले पहिलो पटक बीवाईडी डल्फिन र पछि बीवाईडी युआन प्लसमा प्रयोग गरेको छ ।

यो गाडीको हेडलाइट हेर्दा पोर्श टेक्यान जस्तो लाग्छ । यसमा स्ट्रिमलाइन्ड बोनट, पप–आउट डोर ह्यान्डल र एरोडाइनामिक सेप छ ।

यो गाडी विभिन्न ३ भर्सनमा उपलब्ध हुनेछ । सबैभन्दा माथिल्लो भर्सन अल ह्विल ड्राइभमा हुनेछ । यसको फ्रन्टमा एसिंक्रोनस ७५ किलोवाट कन्टिन्युअस र १६० किलोवाट पिक मोटर हुनेछ भने रियरमा परमनेन्ट म्याग्नेट सिंक्रोनस मोटर हुनेछ, जुन ७० किलोवाट कन्टिन्युअस र १५० किलोवाट पिक मोटर हुनेछ । यसको तौल २, १५० किलोग्राम हुनेछ ।

फ्रन्ट मोटरले २१८ एचपी र रियर मोटरले ३१३ एचपी र दुवै मिलेर ५३१ एचपी पावर जेनेरेट गर्छ, जुन निकै नै शक्तिशाली हो ।

चाइनिज बजारमा यसले टेस्ला मोडल ३ सँग प्रतिस्पर्धा गर्ने र आगामी अप्रिलमा हुने बेइजिङ अटो शोमा आधिकारिक रुपमा सार्वजनिक गरिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

स्काईवेलको फ्ल्यागसिप शोरुम अब इटहरीमा

स्काईवेलको फ्ल्यागसिप शोरुम अब इटहरीमा

नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी मोटर्सले...

घरमै पीसीआर टेस्ट गर्नका लागि साथी एप

घरमै पीसीआर टेस्ट गर्नका लागि साथी एप

काठमाडाैं – राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका...

चेरीको पहिलो ईभी पिकअप लन्च, यस्तो छ मूल्य र विशेषता

चेरीको पहिलो ईभी पिकअप लन्च, यस्तो छ मूल्य र विशेषता

चेरी अटोमोबाइलले आफ्नो पहिलो पूर्ण–विद्युतीय पिकअप ट्रक, हिमला (रिली आर०८)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...