टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने

टिभिएस र बिएमडब्लुले एउटै प्लेटफर्ममा इलेक्ट्रिक टु ह्विलर उत्पादन गर्ने भएका छन् । यी दुई कम्पनीले अहिले पनि भारतमा एउटै प्लेटफर्ममा ३१० सिसी क्षमताका मोटरसाइकल उत्पादन गरिरहेका छन् । बिएमडब्लुको जि ३१० आर र जी ३१० जिएस तथा टिभिएस अपाचे आरआर ३१० एकै प्लेटफर्ममा उत्पादन गरिएका मोटरसाइकल हुन् । बिएमडब्लुले यी बाइकलाई टिभिएसको प्लान्टबाट उत्पादन गरी विश्व बजारमा निर्यात गर्दै आइरहेको छ ।

भारत सहित विश्व बजारमै इलेक्ट्रिक टु ह्विलरको माहोल उत्साहप्रद बनिरहेको सन्दर्भमा यी दुई ब्रान्डले इलेक्ट्रिक सेग्मेन्टमा समेत सहकार्य गर्ने बताएका हुन् । जसअन्तर्गत टिभिएसले बिएमडब्लूका लागी इलेक्ट्रिक टु ह्विलरको डिजाइन र प्रोडक्ट डेभ्लप्मेन्टमा सहयोग गर्ने जनाइएको छ । साथै उसले गुणस्तर र सप्लाई चेन म्यानेजमेन्टमा समेत सहयोग गर्नेछ ।

नयाँ उत्पादनलाई अबको २ बर्षभित्रै बजारमा ल्याइसक्ने गरी यी दुई कम्पनीले अहिले संयुक्त रुपमा नयाँ आर्किटेक्चर र प्रबिधीका क्षेत्रमा काम गरिरहेका छन् । पहिलो चरणमा इलेक्ट्रिक स्कुटरलाई बजारमा उतार्ने उनीहरुको योजना छ ।

टिभिएसले हाल आई क्यूब मोडलको इलेक्ट्रिक स्कुटरलाई भारतीय बजारमा बिक्री गर्दै आइरहेको छ । हालै उसले स्विजरल्यान्डको सबैभन्दा ठूलो इलेक्ट्रिक बाइक उत्पादक स्विस ई–मोबिलिटी ग्रुपको ७५ प्रतिशत सेयर खरिद गरिसकेको छ भने केही बर्ष पहिले अर्को स्विस इलेक्ट्रिक बाइक उत्पादक इजिओ मुभमेन्टको ८० प्रतिशत सेयर समेत खरिद गरेको थियो ।

सम्बन्धित समाचारहरू

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

वीरगन्जमा नयाँ शोरुमबाट टाटा पन्च ईभीको डेलिभरी सुरु

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

नेपालमा टाटा नेक्सन ईभी किन्नेले अब १ महिनामै डेलिभरी पाउने, १८०० भन्दा धेरै बिक्री

नेपालमा टाटा नेक्सन ईभी किन्नेले अब १ महिनामै डेलिभरी पाउने, १८०० भन्दा धेरै बिक्री

काठमाडौं – नेपालमा टाटाको नेक्सन ईभी किन्ने ग्राहकले अर्डर गरेको एक...

भोलि शाओमीको पहिलो इलेक्ट्रिक कार लन्च हुने, मूल्य करोडमा

भोलि शाओमीको पहिलो इलेक्ट्रिक कार लन्च हुने, मूल्य करोडमा

चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ भोलि अर्थात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...