बिक्री शून्य भएपछि कम्पनीले वेबसाइटबाट हटायो यो एसयूभी
टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...
टोयोटा मोटरले भारतमा प्रिमियम ह्याचब्याक २०२२ ग्लान्जा लन्च गर्ने तयारी गरेको छ । यो भर्खरै लन्च गरिएको मारुती सुजुकी बलेनोको रिब्याज्ड भेरिएन्ट हो, जुन मार्च १५ मा भारतमा लन्च हुनेछ । नयाँ ग्लान्जा लन्च हुनुअघि नै यसको फिचर्सबारे जानकारी सार्वजनिक भएको छ ।
२०२२ ग्लान्जालाई टोयोटा र मारुती सुजुकीले साझेदारीमा संयुक्त रूपमा विकास गरेको हो । यसमा नयाँ बलेनो जस्ता धेरै नयाँ फिचरहरु हुनेछ । नयाँ ग्लान्जालाई प्रिमियम ह्याचब्याक सेगमेन्टमा उत्कृष्ट बनाउने ५ फिचर यस्तो छ ।
१. हेड–अप डिस्प्ले
नयाँ ग्लान्जामा २०२२ बलेनो ह्याचब्याकमा जस्तै हेड–अप डिस्प्ले फिचर दिइएको छ । यसमा स्टेयरिङ ह्विलको पछाडि ड्यासबोर्डमा लुकेको एचयुडी स्क्रिन उपलब्ध हुनेछ, जुन इग्निसन अन हुँदा बाहिर निस्कन्छ र कार बन्द हुँदा लुक्छ । यसले कारको स्पिड, फ्युल गेज र अन्य तथ्याङहरूको जानकारी देखाउँछ । यद्यपि, यसमा अझै पनि टर्न बाई टर्न नेभिगेसन फिचरको अभाव छ ।
२. ३६० भ्यु क्यामरा
ग्लान्जामा बलेनोमा जस्तै ३६० भ्यु क्यामरा उपलब्ध हुनेछ । मारुती सुजुकीले २०२२ बलेनोमा कारको ६ वटा सराउन्ड भ्यु सहितको ३६० डिग्री क्यामेरा पेश गरेको छ । टोयोटा ग्लान्जामा पनि त्यस्तै ३६० भ्यु क्यामरा हुने सम्भावना छ ।
३. टोयोटा भ्वाइस असिस्टेन्ट
एआई भ्वाइस असिस्टेन्ट प्रिमियम ह्याचब्याक कारमा प्रयोग हुने फिचर होइन । तर, जापानी कार निर्माताले २०२२ ग्लान्जामा टोयोटा भ्वाइस असिस्टेन्ट प्रयोग गर्नेछ । यसले ग्राहकहरूलाई मौसम र नजिकको गन्तव्यहरू आदि जस्ता अन्य जानकारी दिन्छ ।
४. फाइन्ड माई कार
टोयोटाले पनि कनेक्टेड कार फिचर दिने भएको छ । टोयोटाले नयाँ ग्लान्जा एक इन्टिग्रेटेड एपको साथ आउने जनाएको छ, जुन स्मार्टफोन वा स्मार्टवाचबाट प्रयोग गर्न सकिन्छ । एपले कारलाई लक÷अनलक गर्न र भीडभाड भएको पार्किङ क्षेत्रमा कार पत्ता लगाउन मद्दत गर्नेछ ।
६. माइलेज
नयाँ ग्लान्जा अटोमेटिक भेरिएन्टले २२.९ किलोमिटर प्रति लिटर र म्यानुअल भेरिएन्टले २२.३ किलोमिटर प्रति लिटरको माइलेज दिने बताइएको छ ।
टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...
भारतीय बजारमा केही साताअघिमात्र सार्बजनिक गरिएको टोयोटा हाइलक्स पिकअपको...
टोयोटाले दीपावलीको अवसरमा आफ्नो लोकप्रिय एसयूभीको नयाँ भर्सन अर्बन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...