भारतमा २ महिनामा ५० हजारभन्दा बढी किया क्यारेन्स बुकिङ, नेपालमा प्रतीक्षा

किया इन्डियाले फरवरी १५ मा नयाँ किया क्यारेन्स भारतमा लन्च गरेको थियो र जनवरी १४ बाट यसको प्रि–बुकिङ सुरु गरेको थियो । सो कारले दुई महिना भित्र ५० हजारभन्दा बढी बुकिङ गरी नयाँ कीर्तिमान बनाएको छ । कारको लन्चिङ देखि हालसम्म कम्पनीले क्यारेन्सका ५ हजार ३ सय युनिट डेलिभरी गरिसकेको छ ।

कम्पनीका अनुसार कारको पेट्रोल र डिजेल भेरिएन्टको माग समान रहेको छ । यसमा ५० प्रतिशत ग्राहकले डिजेल भेरिएन्ट रुचाएका छन् भने ३० प्रतिशत ग्राहकले यसको सबैभन्दा अटोमेटेड भेरिएन्ट रुचाएका छन् । ४० प्रतिशतभन्दा बढी बुकिङ टियर–३ र माथिका सहरबाट भएको कियाले बताएको छ, जबकि टियर–१ र टियर–२ शहरमा यसको ६० प्रतिशत बुकिङ छ । तीमध्ये क्यारेन्सका टप–स्पेक लक्जरी र लक्जरी प्लस भेरिएन्टको माग पनि उच्च रहेको छ ।

किया क्यारेन्समा ३ इन्जिनको विकल्प रहेको छ । पहिलो ११५ एचपीको १.५ लिटर पेट्रोल इन्जिन जसमा ६ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ । दोस्रो १४० एचपीको १.४ लिटर टर्बो पेट्रोल इन्जिन, जसमा ६ स्पिड म्यानुअल गियरबक्स र ७ स्पिड डीसीटीसँग जोडिएको छ । तेस्रो ११५ एचपीको १.५ लिटर डिजेल इन्जिन, जसमा ६ स्पिड म्यानुअल गियरबक्स र ६ स्पिड एटीसँग जोडिएको छ । नयाँ किया क्यारेन्सको मूल्य ८ लाख ९९ हजार देखि १६ लाख ९९ हजार भारुसम्म रहेको छ ।

नयाँ किया क्यारेन्समा १०.२५ इन्चको एचडी टचस्क्रिन डिस्प्ले, नेभिगेसनसँग नेक्स्ट–जेन किया कनेक्ट, ८ स्पिकरसहितको बोस प्रिमियम साउन्ड सिस्टम र ६४ रङको क्याबिन सराउन्ड मुड लाइट फिचरहरू छन् । यसको साथै कारमा भाइरस र ब्याक्टेरियाबाट सुरक्षाको लागि भेन्टिलेसन र स्काइलाइट सनरुफ सहितको स्मार्ट प्युरिफायर पनि उपलब्ध छ ।

नेपालमा प्रतीक्षा
नेपाली बजारमा पनि किया क्यारेन्स प्रतीक्षामा छ । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यसलाई नेपाल ल्याउने तयारी गरिरहेको बताइएको छ । केही महिना भित्रै यो नेपाली बजारमा पनि आउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

किया सेल्टोसको सवै भेरियन्टमा अव ६ वटा एयर व्याग, मूल्य ३० हजार भारुसम्मले बृद्धि

किया सेल्टोसको सवै भेरियन्टमा अव ६ वटा एयर व्याग, मूल्य ३० हजार भारुसम्मले बृद्धि

कोरियाली अटो निर्माता किया मोटर्सले सेल्टोस एसयूभीलाई अपडेट गरी सवै...

कियाले लन्च गर्यो ६ सिटर कार्निभल, यसअघिको ९ सिटर अब उपलब्ध नहुने

कियाले लन्च गर्यो ६ सिटर कार्निभल, यसअघिको ९ सिटर अब उपलब्ध नहुने

कोरियन अटो मेकर कियाले ६ सिटर कार्निभललाई भारतीय बजारमा औपचारीक लन्च...

कियाले एमपीभी सेगमेन्टमा मास मार्केटको लागि नयाँ इलेक्ट्रिक कार ल्याउने

कियाले एमपीभी सेगमेन्टमा मास मार्केटको लागि नयाँ इलेक्ट्रिक कार ल्याउने

किया मोटर्सले अक्टोबर २०२४ मा प्रिमियम इलेक्ट्रिक एसयूभी किया ईभी९ भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...