आकर्षक लुक्स र फिचरका साथ नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर कोमाकी भेनिस

नेपाली बजारमा हालै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड कोमाकीका दुई इलेक्ट्रिक स्कुटर भेनिस र एसई भित्रिएका छन् । यी मध्ये कोमाकी भेनिस फुल बडी प्रोटेक्सनका साथ आकर्षक फिचर र कलरले सुसज्जित छ ।

नेपालमा कोमाकीको आधिकारिक वितरकको रुपमा युनिटी ट्रेडिङ कन्सर्नले यो स्कुटर भित्र्याएको हो । केही दिन पश्चात कोमाकी ब्रान्डका स्कुटरको औपचारिक लन्च गरिने बताइएको छ ।

यो स्कुटरलाई शुरुमा चाबीमार्फत अन गर्दा पार्किङ मोडमा हुन्छ । पार्किङ मोड यो स्कुटरका लागि एक प्रकारको सेफ्टी फिचर हो । कहिलेकाहिं एक्सिलरेटमा त्यत्तिकै छोडेको समयमा बालबालिका वा अन्य कोही आएर चलाउन खोजेमा पनि गुड्दैन । यसले गर्दा सुरक्षामा सहजता हुन्छ ।

स्कुटर चलाउनु प-यो भने यसलाई घुमाएर रेडी मोडमा लैजानु पर्छ । त्यसपछि आवश्यकता अनुसार गियर चेन्ज गर्न सकिन्छ । यसलाई १, २ र ३ गरी तीनवटा गियरमा चलाउन सकिन्छ । गियर अनुसार यसको स्पिड पनि बढ्छ ।

१ गियरमा चलाउदा ५५, २ गियरमा चलाउदा ७१ र ३ गियरमा चलाउदा ८० किलोमिटर प्रतिघण्टाको गतिले यसलाई चलाउन सकिन्छ । समग्रमा भन्दा यसले ७० किलोमिटर भन्दा बढी स्पिड दिन्छ ।

त्यसैगरी यसमा स्पोर्ट मोड समेत छ । स्पोर्ड मोड अर्को छुट्टै मोड हो र यसमा स्पिड अनुसारको आफ्नै ३ गियर हुन्छ ।

यसमा रिभर्स मोड पनि छ । आवश्यक परेको समयमा हाइट अलि कम भएकाहरुले यसको प्रयोग गरी स्कुटरलाई रिभर्स गुडाउन पनि सकिन्छ ।

त्यसैगरी पार्किङ लाइट, क्रुज कन्ट्रोल सिस्टम (सीसीएस), रिपेयर स्विच, मोबाइल चार्जिङ पोर्ट, फोन उठाउने तथा काट्ने र भोल्युम कन्ट्रोल गर्ने बटन र ब्लुटुथ, एक्स्ट्रा हर्न आदि आकर्षक फिचरहरु यसमा उपलब्ध छन् ।

कोमाकी भेनिसमा ३ हजार वाटको मोटर छ । ७२ भोल्ट ४० एम्पियर आवरको ब्याट्री छ । ब्याट्रीमा २ वर्षको वारेन्टी छ । लामो समय सम्म स्कुटर प्रयोगमा नआउने कन्डिसन भयो भने ब्याट्रीलाई जोगाएर राख्नका लागि अन्डरसिट स्टोरेजमा एमसीबीको व्यवस्था छ । यसले गर्दा ब्याट्री लेवल घट्दैन । ब्याट्रीलाई ४ घण्टा चार्ज गर्न सकिन्छ ।

हाल ब्याट्री चार्ज गर्नका लागि चार्जिङ पोर्ट प्रयोग गर्न सकिन्छ । ब्याट्री झिकेरै चार्ज गर्ने प्रविधि समेत उपलब्ध छ ।

यो स्कुटरको चारैतिर प्रोटेक्सनको लागि बडीगार्डको व्यवस्था गरिएको छ । त्यसैगरी पछिल्लो भागमा स्टोरेज बक्स छ । पहिलो २० ग्राहकका लागि यो निःशुल्क उपलब्ध हुने र त्यसपछिका ग्राहकले भने आफैले व्यवस्था गर्नु पर्ने कम्पनीको भनाइ छ ।

आधुनिक इलेक्ट्रिक स्कुटरमा हुने रिजेनेरेटिभ फिचर यसमा छ । कुनै जामको समयमा ब्रेक लगाइरहदा चार्ज रिजेनेरेट हुन्छ, जसले गर्दा रेन्ज बढ्छ । यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ । त्यसैगरी यसमा सीबीएस अर्थात कम्बाइन्ड ब्रेकिङ सिस्टम छ ।

यो स्कुटरको मूल्य ३ लाख १० हजार रुपैयाँ तोकिएको छ । यसमा हाल अफरको रुपमा २० हजार रुपैयाँ छुट भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

टप गियरले सार्वजनिक ग-यो टप २० कार, टप ६ मा प-यो नेपालमा समेत उपलब्ध एमजी४

टप गियरले सार्वजनिक ग-यो टप २० कार, टप ६ मा प-यो नेपालमा समेत उपलब्ध एमजी४

अटोमोबाइल सम्बन्धी लोकप्रिय न्युज पोर्टल टप गियरले मन पर्ने टप २०...

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सेरेसको बिक्रीमा दोहोरो अंकको वृद्धि

सन् २०२५ को अप्रिलमा सेरेसले ३१ हजार ४८८ न्यु इनर्जी भेइकल बिक्री गरेर नयाँ...

मेगा बिजनेस ग्रुपले सीएचटीसीको इलेक्ट्रिक भ्यान नेपाल ल्याउने, बन्यो आधिकारिक आयातकर्ता

मेगा बिजनेस ग्रुपले सीएचटीसीको इलेक्ट्रिक भ्यान नेपाल ल्याउने, बन्यो आधिकारिक आयातकर्ता

चीनको विश्व प्रसिद्ध सवारी साधन निर्माता कम्पनी चाइना हाई–टेक अफरोड भेइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...