रोयल इन्फिल्ड हन्टरको अर्को स्पाई तस्बिर सार्वजनिक, थप फिचरको भयो खुलासा

रोयल इन्फिल्डले नयाँ मोटरसाइकल ‘हन्टर ३५०’ लन्च गर्ने तयारी गरिरहेको छ । यही वर्ष अर्थात सन् २०२२ भित्रै बजारमा आउने बताइएको सो मोटरसाइकलको स्पाई तस्बिर फेरि सार्वजनिक भएको छ ।

हाल बजारमा प्रचलित मेटियर ३५० भन्दा यो फरक देखिएको छ । यसमा रोड टायर प्रयोग गरिएकोले विशेष गरी हाइवे क्रुजरका लागि बनाइएको जस्तो लाग्छ । तस्बिरमा टेललाइट एसेम्बलीको खुलासा भएको छ । यसमा सानो गोलाकार टेललाइट छ र यो एलईडीयुक्त छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक फोर्क र पछिल्लो भागमा ट्विन स्प्रिङ सक एब्जर्बरको प्रयोग गरिएको छ । यसमा उही ३४९ सीसी, सिंगल सिलिन्डर इन्जिन मिल्ने सम्भावना छ, जुन मेटियर ३५० मा प्रयोग गरिएको छ । यसले २०.२ बीएचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनका साथ ५–स्पिड गियरबक्स दिइएको छ ।

यसको दुवै पांग्रामा सिंगल डिस्कको प्रयोग गरिएको छ । त्यसैगरी ड्युअल च्यानल एबीएस पनि मिल्ने सम्भावना छ । पछिल्लो सिटमा बस्ने व्यक्तिलाई आरामदायिता प्रदान गर्न एक पिलर ब्याकरेस्ट पनि हुनेछ ।

यो मोटरसाइकल कहिले लन्च हुन्छ भन्ने वारेमा कम्पनीले आधिकारिक रुपमा केही जानकारी दिएको छैन । यद्यपि आगामी फेस्टिभ सिजन सम्म लन्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको सबैभन्दा सस्तो वाइक हन्टर ३५० को तस्विर वाहिरयो, यस्तो हुनेछ मूल्य

रोयल इन्फिल्डको सबैभन्दा सस्तो वाइक हन्टर ३५० को तस्विर वाहिरयो, यस्तो हुनेछ मूल्य

रोयल इन्फिल्डले ल्याउन लागेको सबैभन्दा सस्तो मोडल हन्टर ३५० को तस्विर...

राइडर मेनियामा सार्वजनिक भयो रोयल इन्फिल्डको हाल सम्मकै सबैभन्दा बढी तौलको मोटरसाइकल

राइडर मेनियामा सार्वजनिक भयो रोयल इन्फिल्डको हाल सम्मकै सबैभन्दा बढी तौलको मोटरसाइकल

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक भएको छ । भारतको...

-याली अफ हिमालयाजको चौथो संस्करणमा दीपक साहले  हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गर्दै

-याली अफ हिमालयाजको चौथो संस्करणमा दीपक साहले हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गर्दै

काठमाडौं – प्रसिद्ध राइडर दीपक साहले आगामी दिनमा भारतमा आयोजना हुने -याली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...