फक्सवागनले ल्यायो आधुनिक प्रबिधी र रेट्रो लुक्सको इलेक्ट्रिक भ्यान

जर्मन अटो निर्माता फक्सवागनले नयाँ इलेक्ट्रिक भ्यान आइडी बज सार्बजनिक गरेको छ । यो नयाँ इलेक्ट्रिक भ्यानमा आधुनिक प्रबिधी र रेट्रो लुक्स दिइएको छ । भी आकारको बोनेट स्ट्रक्चर, एलइडी मेट्रिकस हेडल्याम्प, डुअल टोन कलर स्किम, अपराइट टेलगेट, हाइ माउन्टेट स्टप ल्याम्प, सार्क फिन एन्टेना, एलइडी टेल ल्याम्मले यो भ्यानलाई आकर्षक देखाएको छ ।

युरोपेली बजारलाई लक्षित गरी ल्याइएको यो भ्यानमा ८२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसको अधिकतम पावर २०४ एचपी र टर्क ३१० एनएम रहने जनाइएको छ । फक्सवागनले यो भ्यानलाई तत्कालका लागी ५ सिटर अप्नसमा उपलब्ध गराउने र पछि ६ सिटरमा समेत उपलब्ध गराउने सोच बनाएको छ । यो भ्यानको बिक्री यसै बर्षको अन्त्यदेखी शुरु हुने जनाइएको छ ।

यो इलेक्ट्रिक भ्यानले २५० माइल रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । १४५ किलोमिटर प्रतिघन्टाको उच्च गतिमा चलाउन सकिने यसको ब्याट्रीलाई १७० किलोवाट चार्जरबाट आधा घन्टाभित्रै ५ देखी ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
यो भ्यानमा १२ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १० इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जर, युएसबी–सि पोर्ट, इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट, फ्रन्ट सिटब्याकमा फोल्ड–डाउन टेबल र स्लाइडिङ डोर जस्ता फिचर्स दिइएको छ ।

सम्बन्धित समाचारहरू

१२७ किमी रेन्ज र ३५ लिटर बुट स्पेस लगायतका फिचर सहित आयो चेतक इलेक्ट्रिक स्कुटरको नयाँ मोडल

१२७ किमी रेन्ज र ३५ लिटर बुट स्पेस लगायतका फिचर सहित आयो चेतक इलेक्ट्रिक स्कुटरको नयाँ मोडल

बजाजले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक २९०३ को अपडेटेड भर्सन चेतक...

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सको पहिलो इलेक्ट्रिक स्कुटर ईब्लु फियो लन्च, कस्तो छ स्कुटर ?

गोदावरी इलेक्ट्रिक मोटर्सले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च...

आफ्नै प्रयोजनका लागि वा भाडामा लगाउन इलेक्ट्रिक कार चार्जर

आफ्नै प्रयोजनका लागि वा भाडामा लगाउन इलेक्ट्रिक कार चार्जर

इलेक्ट्रिक कारको ब्याट्री चार्ज गर्नका लागि हाल विभिन्न विकल्प उपलब्ध छन्...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...