संसारकै लामो कारको बन्यो अर्को रेकर्ड : दुवैतिर चल्ने, हेलिप्याड र अन्य धेरै सुविधा

संसारको सबैभन्दा लामो कार कति लामो होला ? अनुमान गर्न सक्नुहुन्छ ? हो, यो १०० फिट भन्दा लामो छ । तर यो भन्दा पनि महत्वपूर्ण के छ भने यसमा हट टब, स्विमिङ पुल र हेलिप्याड समेत छ ।

गत मार्च १ मा विश्वकै सबैभन्दा लामो यो कारले पहिले आफैले सन् १९८६ मा रेकर्ड ब्रेक गरेको गिनिज वर्ल्ड रेकर्डलाई तोडेको छ । अमेरिकाको मियामी निवासी डेभलपर माइकल डेजरले यसको रिस्टोर गरेका हुन् । यो ३०.५४ मिटर लामो अर्थात १०० फिट र १.५० इन्च छ भने यसमा २६ ह्विल छन् । त्यसैगरी यसमा ७५ यात्रीका लागि कोठा छन् ।

डेजरको टिमले यसलाई आफ्नै थिम पार्क ‘डेजरल्यान्ड पार्क’ को रुपमा २ वर्ष लगाएर रिस्टोर गरेका हुन् । यसलाई उनीहरुले माइकल म्यानिङबाट ईबेमार्फत किनेका थिए ।

‘द अमेरिकन ड्रिम’ भनिने यो कारलाई सबैभन्दा पहिले क्यालिफोर्नियामा जे ओरवर्गले बनाएका थिए र त्यतिबेला १८.२८ मिटर लामो थियो । पछि डेजर र म्यानिङको टिमले यसलाई क्रमशः रिस्टोर गरेको हो । गिजिन वर्ल्ड रेकर्डका अनुसार रिस्टोरका लागि ३ वर्ष लागेको छ र यसमा २ लाख ५० हजार डलर खर्च भएको छ ।

हाल यसमा डाइभिङ बोर्डसहितको पुल, ज्याकुजी, मिनी गोल्फ कोर्स, वाटरबेड, टीभी, फ्रिज र एउटा हेलिप्याड समेत छ । त्यसैगरी यसलाई दुवैतिरबाट ड्राइभ गर्न सकिन्छ ।

यसलाई भविष्यमा इलेक्ट्रिक भेइकलको रुपमा समेत विकास गर्ने योजना भएको बताइएको छ । यदि त्यसो भयो भने यो संसारकै सबैभन्दा लामो इलेक्ट्रिक भेइकल समेत हुनेछ ।

सम्बन्धित समाचारहरू

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

बी.एन. पाण्डे भन्छन् – गुणस्तरीय प्रोडक्ट र आफ्टर सेल्स सर्भिसका कारण ग्राहकको रोजाइमा ओएलएस

आयल ल्युब सिस्टम (ओएलएस) भारतको फरिदावादमा अवस्थित प्रसिद्ध अटोमोटिभ...

मंसिर सम्म लम्बियो गाडी र मोटरसाइकलको आयात प्रतिबन्ध

मंसिर सम्म लम्बियो गाडी र मोटरसाइकलको आयात प्रतिबन्ध

काठमाडौं – बैंशाख १४ बाट प्रतिबन्ध लगाएको मोबाइल, गाडी, मोटरसाइकल र मदिराको...

फुटसल प्रतियोगितामा इन्जेक्टर समूह प्रथम, दोस्रो र तेस्रो स्थानमा टर्बो र सस्पेन्सन समूह

फुटसल प्रतियोगितामा इन्जेक्टर समूह प्रथम, दोस्रो र तेस्रो स्थानमा टर्बो र सस्पेन्सन समूह

ललितपुर – नेपाल अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा सम्पन्न चौथो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...