११ औं पोकर रन सम्पन्न, १ सय ५० राइडरले जनाए सहभागिता
काठमाडौं – कोभिड महामारीका कारण गत वर्ष आयोजना हुन नसकेको ‘पोकर रन’ यसपटक...
रोयल इन्फिल्डका ३५० सीसी सेगमेन्टको बाइक निकै लोकप्रिय भइरहेको समयमा अब कम्पनीले ४५० सीसी सेग्मेन्टमा पनि प्रवेश गर्ने तयारी गरिरहेको छ । यो बाइक सम्भवतः २०२३ को पहिलो त्रैमासिकमा लन्च गर्ने अपेक्षा राखेको छ । यो बाइक हिमालयन ४११ सँग मिल्दोजुल्दो हुनेछ तर यो अझ शक्तिशाली इन्जिनसहित लन्च हुनेछ ।
रिपोर्टका अनुसार रोयल इन्फिल्डले नयाँ प्लेटफर्मको विकासमा काम गरिरहेको छ । कम्पनीले यस प्लेटफर्मको कोडनेम के१ राखेको छ । कम्पनीले सो प्लेटफर्ममा आधारित आफ्नो पहिलो एड्भेन्चर बाइक लन्च गर्ने योजना बनाएको छ । के१ प्लेटफर्ममा आधारित एड्भेन्चर बाइक हिमालयन ४५० नामबाट लन्च गरिनेछ ।
हालै सार्वजनिक गरिएको सो बाइकको तस्बिर अनुसार यो बाइकमा एकल सिलिन्डर लिक्विड कुल्ड इन्जिन रहेको देख्न सकिन्छ र यसले ४० एचपीको पावर जेनेरेट गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार के१ प्लेटफर्ममा निर्माण गरिएको बाइकले विश्वव्यापी रूपमा अन्य बाइकसँग प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ र कम्पनीले विशेषगरी केटीएम ३९० एड्भेन्चर बाइकसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ । हिमालयन ४५० को टर्क जेनेरेटको बारेमा अझै खुलासा गरिएको छैन ।
हाल उपलब्ध हिमालयन ४११ सीसी इन्जिनले २४.३ बीएचपीको पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ । साथै यसमा ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।
हिमालयन ४५० मा ट्रेलिस फ्रेम प्रयोग गरिने छ जुन हिमालयन ४११ भन्दा हल्का हुनेछ । हिमालयन ४५० मा हाल प्रयोग गरिएको टेलिस्कोपिक फोर्कको तुलनामा यूएसडी फोर्क प्रयोग गरिने छ ।
सो बाइकले केटीएम ३९० र बीएमडब्ल्यु जी३१०जीएस एड्भेन्चर बाइकसँग समेत प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – कोभिड महामारीका कारण गत वर्ष आयोजना हुन नसकेको ‘पोकर रन’ यसपटक...
नेपाल बुलेट हाउसको आयोजनामा दुई दर्जन भन्दा बढी रोयल इन्फिल्ड अर्थात...
रोयल इन्फिल्डले सन् २०२२ मा नयाँ मोडल लन्च गर्ने तयारी गरिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...