महिला अटोमोबाइल व्यवसायीको फरक पहिचानका साथ यमुनाको उपस्थिति

नेपाली अटोमोबाइल क्षेत्रमा यमुना श्रेष्ठ चिनाइरहनु पर्ने नाम होइन । गत मंसिर महिनामा सम्पन्न नाडा अटोमोबाइल्स एसोसिएसनको निर्वाचनमार्फत पहिलो पटक महिला सदस्यको रुपमा इतिहास कायम गर्दै कार्यसमितिमा उनको इन्ट्री भए पश्चात उनको उनको चर्चा अझै चुलिएको हो ।

नेपाली बजारमा विभिन्न अटोमोबाइल ब्रान्ड भए पनि चाइनिज ब्रान्ड बीवाईडीको फरक पहिचान कायम छ । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी सीईओ हुन् यमुना श्रेष्ठ । हाल राष्ट्रपति, उर्जामन्त्री, विद्युत प्राधिकरणका उच्च पदस्थ कर्मचारी लगायत प्रतिष्ठित व्यक्तिहरुले बीवाईडीका इलेक्ट्रिक कार प्रयोग गर्छन् । पछिल्लो समयमा गत फेस्टिभ सिजनमा भित्र्याएको बीवाईडी न्यु ई६ ले सिंगल चार्जमा ५२२ किलोमिटर रेन्ज दिने बताइएको छ ।

पहिले पनि यो कार नेपाली बजारमा उपलब्ध भइरहेकोमा फेस्टिभ सिजन पश्चात अझै सुधारिएको नयाँ बीवाईडी ई६ नेपाली बजारमा उपलब्ध भएको हो । नयाँ डिजाइन, नयाँ इन्टेरियर, नयाँ इन्फोटेनेमन्ट सिस्टम, नयाँ ब्लेड ब्याट्री र प्रशस्तै बुट स्पेस यो कारका प्रमुख विशेषता हुन् । अल न्यु ई६ मा बीवाईडीले नै विकास गरेको नयाँ प्रविधिको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । हाल बीवाईडीको ब्लेड ब्याट्री टेस्लालगायत विश्वका प्रतिष्ठित कम्पनीहरुले प्रयोग गर्ने तयारी गरेका छन् ।

विद्युतीय सवारीका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशनको आवश्यकता पर्छ । यही कुरालाई मनन गरी बीवाईडीले आफ्नै पहलमा करिव ३२ स्थानमा यस्ता स्टेशन स्थापना गरिसकेको छ । काठमाडौं उपत्यका वाहेक अहिले पनि बर्दिबास, इटहरी, हेटौडा, चितवन, बुटवल, लुम्बिनी, पोखरा आदि स्थानमा चार्जिङ स्टेशन छन् भने केही समयमै धनगढी, सुर्खेत, नेपालगन्ज, लमही, मुग्लिङ, वीरगन्ज, धुलिखेल, धरान, विराटनगर आदि स्थानमा नयाँ चार्जिङ स्टेशन तयार हुने उनको भनाइ छ । यी वाहेक विभिन्न स्थानमा समेत स्टेशन विस्तार गरिने र फास्ट चार्जर समेत राखिने उनले बताइन् ।

साइमेक्स इंकले पहिले इन्भर्टर र सोलार ब्याट्रीलगायतका विभिन्न उत्पादनहरु बिक्री गर्ने गरेको थियो । कुनै समयमा नेपालमा लोडसेडिङ हुने समयमा प्रशस्तै व्यापार गरेको साइमेक्स इंकको व्यवसाय नेपालमा लोडसेडिङ अन्त्य पश्चात भने इलेक्ट्रिक कारतर्फ मोडियो । लोडसेडिङ अन्त्य पश्चात नेपाली बजारमा पहिलो पटक सन् २०१७ को मार्चमा बीवाईडी ई६ इलेक्ट्रिक कार भित्र्याएर साइमेक्स इंक यो क्षेत्रमा प्रवेश गरेको थियो । शुरुमा १० युनिट गाडी नेपालमा भित्र्याएको यो समूहले भित्र्याएको गाडी प्रयोग गर्ने पहिलो व्यक्ति थिए तत्कालीन राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले । विशेष गरी सरकारी क्षेत्रलाई नै विद्युतीय सवारीको वारेमा धेरै जानकारी प्रदान गर्नमा साइमेक्स इंकले धेरै भूमिका खेलेको छ ।

राम्रै संख्यामा इलेक्ट्रिक कार बिक्री भइरहेको समयमा अघिल्लो आर्थिक वर्षमा सरकारले ल्याएको बजेटमार्फत कर बढाए पश्चात भने निकै नै समस्या प-यो । १५० गाडी बुकिङ गरेर डेलिभरी गर्ने सहमति नै भइसकेको र ५० गाडी बुकिङ भएको समयमा गरिएको सरकारको त्यो निर्णयका कारण पछि बुकिङ फिर्ता गर्न बाध्य नै हुनुपरेको तितो यथार्थता सम्झिदा अहिले पनि यमुनालाई नरमाइलो लाग्छ । भन्छिन्, ‘सरकारी अस्थिर नीतिकै कारण इलेक्ट्रिक सवारी प्रयोगमा कमी आउने भयो । नेपालमा प्रशस्तै जलविद्युत उत्पादन हुने भएकाले पनि यसको भरपुर प्रयोग गरेर अगाडि बढ्नका लागि सरकारले प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ । सरकार अब उल्टो बाटोमा हिड्नु भएन ।’ उनका अनुसार विद्युतीय सवारी प्रवद्र्धन गरेर वातावरण संरक्षणमा योगदान गर्नका लागि सरकारले पहिले नै हस्ताक्षर गरिसकेको पेरिस सम्झौतालाई समेत पालना गर्नका लागि मात्र पनि आवश्यक कार्य गर्नु आवश्यक छ ।

हाल नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक सवारी साधन भित्रिरहेको भए पनि ती सबै सवारी साधनको गुणस्तरीयता र विश्वसनियताका वारेमा भने कुनै ग्यारेन्टी छैन । विशेष गरी भविष्यमा यसका कारण नेपाल इलेक्ट्रिक सवारी साधनको डम्पिङ साइट बन्ने खतरा पनि छ । उनी यसका लागि सरकारले यस्ता सवारी साधन र त्यसमा प्रयोग भएका ब्याट्रीलगायतका विभिन्न पार्ट्स र प्रविधिको वारेमा परीक्षण गर्नुपर्ने आवश्यकता औल्याउछिन् ।

नाडा कार्यसमितिमार्फत विद्युतीय सवारी प्रवद्र्धनकै क्षेत्रमा विशेष भूमिका खेल्ने यमुनाको अपेक्षा छ । यसका लागि सबैलाई यो क्षेत्रमा दक्ष बनाउनका लागि ७ प्रदेशमै तालिम लगायतका विभिन्न कार्य गर्न सकिने उनको बुझाई छ ।

हाल नेपाली अटोमोबाइल क्षेत्रमा समेत महिलाको संख्या बढ्दो छ । उनी भन्छिन्, ‘महिलाहरु ‘दिल से’ र ‘सिन्सियर्ली’ काम गर्छन् । यसले गर्दा पनि उनीहरुप्रति धेरैको विश्वास हुन्छ । त्यो विश्वासलाई कायम गर्नका लागि पनि महिलाहरुले आगामी दिनमा अझै मेहनत गर्नुपर्छ ।’

नेपाली अटोमोबाइल व्यवसायलाई थप परिस्कृत गर्नका लागि आगामी दिनमा यमुना र समग्र व्यवसायीहरुले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक कार किन्नु पहिले जानौ : चार्जर कस्तो छ ? कसरी प्रयोग गर्ने ?

इलेक्ट्रिक कार किन्नु पहिले जानौ : चार्जर कस्तो छ ? कसरी प्रयोग गर्ने ?

विद्युतीय गाडी प्रयोग गर्नु वा किन्नु अघि तपाईले जान्नुपर्ने पहिलो कुरा...

ओलाले देखायो ४ नयाँ इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट

ओलाले देखायो ४ नयाँ इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्ट

भारतको अग्रणी इलेक्ट्रिक टु–ह्विलर निर्माता ओलाले भविष्यमा आउने ४ फरक...

चीनमा फक्सवागन र एसएआईसीले २०४० सम्म सहकार्य गर्ने

चीनमा फक्सवागन र एसएआईसीले २०४० सम्म सहकार्य गर्ने

फक्सवागन र एसएआईसीले चीनमा गरिरहेको सहकार्य सन् २०४० सम्म विस्तार गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...