क्रेटा फेसलिफ्ट हात पार्न ५ महिनासम्म कुर्नुपर्ने, टप स्पेक र कालो रङ सर्बाधिक रुचाइयो
भारतमा १० दिनअघि लन्च भएको क्रेटा फेसलिफ्ट अहिले सर्बाधिक सफल बनिरहेको छ ।...
हुन्डाई मोटर्सको स्वामित्वमा रहेको कार ब्रान्ड जेनेसिसले आक्रामक तरिकाले इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । कम्पनीले विश्व इलेक्ट्रिक कार बजारमा महत्वपूर्ण स्थान हासिल गर्ने लक्ष्य राखेको छ । कम्पनीले आगामी वर्षदेखि पूर्णरुपमा इलेक्ट्रिक कारको विकासमा काम गर्ने पनि बताएको छ ।
कम्पनीले यो वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । साथै कम्पनीले सन् २०२५ सम्ममा आफ्नो अन्तिम इन्टरनल कम्बसन इन्जिन कार लन्च गर्ने जानकारी दिएको छ । सन् २०३० सम्ममा कम्पनीले १७ नयाँ मोडेलहरू लन्च गर्नेछ, जसमध्ये ७ पूर्ण रूपमा लक्जरी इलेक्ट्रिक कारहरू हुनेछ । यी कारहरू सामान्य प्लेटफर्ममा निर्माण गरिने छ । सो प्लेटफर्म अन्य कारहरूमा पनि प्रयोग गरिनेछ ।
हुन्डाई मोटर्सले आफ्नो आयोनिक इलेक्ट्रिक कार कमन मोडुलर प्लेटफर्ममा विकास गर्दैछ । जेनेसिस पनि यस्तै नयाँ प्लेटफर्ममा विकास गर्नेछ जुन कम्पनीका सबै कारहरूमा समान हुनेछ । आगामी १७ वटा कारमध्ये ११ हुन्डाई ब्याज भएका इलेक्ट्रिक कार र ६ वटा जेनेसिस ब्रान्ड अन्तर्गत विकास भएका कार हुनेछन् । हुन्डाई आयोनिक ६ लाई यस वर्षको अन्तमा विश्व बजारमा बिक्रीको लागि उपलब्ध गराइनेछ, जबकि आयोनिक ७ सन् २०२४ मा लन्च गर्ने निर्धारित गरेको छ ।
जेनेसिसले हाल विश्व बजारमा ५ वटा मोडल बिक्री गरिरहेको छ । जेनेसिसका लक्जरी कारहरूमा जी७०, जी८०, जी९० सलुनको साथै जीभी७० र जीभी८० समावेश छन् । जीभी७० कम्पनीको नयाँ मोडल हो भने जीभी८० एसयूभी तल्लो भेरिएन्टको रूपमा पेश गरिएको छ । जेनेसिस जीभी७० एसयूभीले अन्तर्राष्ट्रिय बजारमा औडी क्यु५, बीएमडब्ल्यु एक्स ३ र मर्सिडिज बेन्ज जीएलसीसँग प्रतिस्पर्धा गर्छ ।
भारतमा १० दिनअघि लन्च भएको क्रेटा फेसलिफ्ट अहिले सर्बाधिक सफल बनिरहेको छ ।...
बिश्वब्यापी सेमिकन्डक्टर अभाव र कोभीड महामारीका कारण उत्पादन कटौती...
काठमाडौं – हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...