फेब्रुअरी महिनाको बिक्रीमा पनि टाटा नेक्सन अगाडी

टाटा नेक्सन फेब्रुअरीमहिनामा समेत भारतको सर्बाधिक बिक्री हुने एसयुभी बनेको छ । कुल १२ हजार २ सय ५९ युनिट बिक्री सहित नेक्सन सो महिना पनि सुचीको पहिलो स्थानमा रहन सफल भएको हो । जनवरी महिनामा समेत यो एसयुभीले भारतीय बजारमा सर्बाधिक बिक्री हुने एसयुभीका रुपमा आफूलाई दर्ज गराएको थियो । जनवरीमा कुल १३ हजार ८ सय १६ युनिट बिक्री गर्दै पहिलो पटक भारतमा सर्बाधिक बिक्री हुने एसयुभी बनेको यसको बिक्री फेब्रुअरी महिनामा भने घटेको हो ।

नेक्सनपछि दोस्रो सर्बाधिक बिक्री हुने एसयुभीमा भने हुन्डाई भेन्यू परेको छ । सो महिना भेन्यू १० हजार २ सय १२ युनिट बिक्री हुँदा तेस्रो स्थानमा रहेको क्रेटा कुल ९ हजार ६ सय ६ युनिट बक्रि भयो । चौथो स्थानमा पनि टाटाकै पन्च एसयुभी पर्न सफल भएको छ । पन्च ९ हजार ५ सय ९२ युनिट बिक्री भएको थियो । ९ हजार २ सय ५६ युनिट बिक्री हुँदै सुजुकी भिटरा ब्रेजा सूचीको पाँचौ स्थानमा रहन सफल भएको छ ।

अघिल्लो बर्षको सोही महिनामा बिक्री भएको एसयुभीको तुलनामा नेक्सनको बृद्धिदरमात्र सकरात्मक देखिएको छ । नेक्सनले अघिल्लो बर्षको सोही महिनामा कायम गरेको कुल बिक्रीलाई ५४.६ प्रतिशतले बढाउँदा अन्य ब्रान्डको भने घटेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...