अपडेट भयो सिम्पल वानको इलेक्ट्रिक स्कुटर, ३०० किलोमिटर भन्दा बढी रेन्ज दिने

भारतको बेंगलुरुमा आधारित ईभी स्टार्ट अप सिम्पल एनर्जीले केही समय पहिले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर सिम्पल वान लन्च गरेको थियो । यो इलेक्ट्रिक स्कुटरले २३६ किलोमिटरको रेन्ज दिन्छ । सिम्पल वान ई–स्कुटरलाई संसारको सबैभन्दा लामो दूरीको इलेक्ट्रिक स्कुटर मानिन्छ ।

पुरानो मोडल सिम्पल वान इलेक्ट्रिक स्कुटरमा ३.२ केडब्ल्युएच फिक्स्ड ब्याट्री प्याक र १.६ केडब्ल्युएच रिमुभेवल मोड्युल उपलब्ध छ, जसले प्रति चार्ज २३६ किलोमिटरको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

अब यसलाई अपडेट गरिएको छ । अपडेट गरिएको सो इलेक्ट्रिक स्कुटरमा २ वटा १.६ केडब्ल्युएच रिमुभेवल मोड्युल सहितको ३.२ केडब्ल्युएच फिक्स्ड ब्याट्री प्याक समावेश गरिएको छ, जसले ३०० किलोमिटर भन्दा बढीको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

सिम्पल इनर्जीले नयाँ इलेक्ट्रिक स्कुटरमा ८.५ केडब्ल्यु मोटर ल्याउने घोषणा गरेको छ । जसले ११.३ एचपीको पावर र ७२ एमएमको टर्क जेनेरेट गर्छ । पुरानो मोडलको मूल्य १ लाख १० हजार भारुमा उपलब्ध छ, साथै अपडेटेड सिम्पल वानको मूल्य १ लाख ४५ हजार भारु राखिएको छ । यसको बुकिङ सुरु भइसकेको छ र यसको डेलिभरी जुनमा सुरु हुनेछ ।

सम्बन्धित समाचारहरू

शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक हुँदै, विशेष कार्यक्रम गरिने

शतप्रतिशत प्योर इलेक्ट्रिक पिकअप रिडारा सार्वजनिक हुँदै, विशेष कार्यक्रम गरिने

काठमाडौं – रिडाराको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नेपालकै...

हुवावे र सेरेसको संयुक्त उत्पादन एइटो एम ८ क्रसओभर : सार्वजनिक नहुँदै १ लाख अर्डर

हुवावे र सेरेसको संयुक्त उत्पादन एइटो एम ८ क्रसओभर : सार्वजनिक नहुँदै १ लाख अर्डर

प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावे र अटोमोबाइल निर्माता सेरेसको...

टेल्जी नेपालले ल्यायो अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर

टेल्जी नेपालले ल्यायो अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर

काठमाडौं – नेपाली बजारमा टेल्जीका दुई नयाँ विद्युतीय स्कुटर भित्रिएका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...