हुन्डाईले ल्यायो नयाँ इन्फोटेनमेन्ट र अपरेटिङ सिस्टम, यस्तो छ विशेषता
हुन्डाईले सियोलमा भएको आफ्नो ’प्लेओस २५’ डेभ्लपर सम्मेलनमा नयाँ...
हुन्डाई मोटर्स इन्डियाले आफ्नो लोकप्रिय एसयुभी क्रेटामा नयाँ सेफ्टि फिचर्स थप गर्ने संभावना देखिएको छ । न्यू जेनेरेशन टुसान र आयोनिक ५ मा प्रयोग भैसकेको एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम(अडास) लाई कम्पनीले क्रेटासंगै अल्काजारमा समेत थप गर्न सक्ने अनुमान गरिएको हो । यो फिचर्स थप भएपछि यी एसयुभी थप सुरक्षित बन्नेछन् । भारतमा हाल महिन्द्राले एक्युभी ७०० र एमजीले एस्टर एसयुभीमा यो प्रबिधीलाई प्रयोगमा ल्यइसकेका छन् ।
अडासको साथै हुन्डाइले यी दुबै एसयुभीमा ६ वटा एयर ब्याग, इलेक्ट्रिोनिक स्टाबिलिटी कन्ट्रोल(इएससी), भेहिकल स्टाबिलिटी म्यानेज्मेन्ज(भिएसएम) र आइएसओफिक्सलाई समेत अनिबार्य गर्न लागेको छ । यी फिचर्सलाई कम्पनीले निकट भविष्यमै लन्च गर्न गैरहेको फेसलिफ्ट मोडलमा उपलब्ध गराउने संभावना देखिएको छ ।
यसको साथै एडप्टिभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, हाई बिम एसिस्ट, ट्राफिक साइन रिकग्निसन, अटोमेटिक इमर्जेन्सि ब्रेकिङ, ड्राइभर ड्रोजीनेस डिटेक्सन र ब्लाइन्ड स्पट एसिस्ट लगायत फिचर्स समेत यी दुई मोडलको फेसलिफ्ट मोडलमा थप हुने अनुमान गरिएको छ । २ बर्षमित्रमा हुन्डाई भेन्यूमा समेत यी फिचर्स थप हुने आँकलन गरिएको छ ।
हुन्डाईले सियोलमा भएको आफ्नो ’प्लेओस २५’ डेभ्लपर सम्मेलनमा नयाँ...
नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका इलेक्ट्रिक कार...
हुन्डाई क्रेटाले मार्च २०२५ मा भारतको अटोमोबाइल बजारमा इतिहास रचेको छ। सो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...